विराटनगरमा ५२ सहित प्रदेश १ मा १२३ संक्रमित थपिए

Enepal Patra Pvt. Ltd. , ४८६  पटक हेरिएको

विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् ।

मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ५२ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३२ पुरुष र २० महिला छन् ।

मोरङको रंगेलीमा ५ महिला र ४ पुरुष, बुढीगंगामा १ महिला र १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष र १ महिला, दुहवीमा ८ पुरुष र ३ महिला, बर्जुमा ४ पुरुष र १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामधुनीमा २–२ पुरुष, झापाको दमकमा ८, भद्रपुरमा ३, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा १–१ पुरुषको रिपोर्ट पाजेटिभ आएको छ । झापाका २ र पाँचथरका १ संक्रमित पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि भएकामा भारतका १ महिला र १ पुरुष रहेका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५ पुगेको छ । प्रदेशमा बुधबार २ जना डिस्चार्ज भएका छन् मेची अञ्चल अस्पताल धाईजन आईसोलेसन केन्द्रबाट झापाका २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ बाट अहिलेसम्म १ हजार १३५ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा बुधबार १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ७२ हजार ४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०८-१९ , समय : १५:५०:३१ , ४ वर्ष अगाडि