१०२ बर्षकाे उमेरमा राष्ट्र्कवि माधव प्रसाद घिमिरेको निधन

Enepal Patra Pvt. Ltd. , ७०९  पटक हेरिएको

काठमाडौँ  २ भदाै। राष्ट्र्कवि माधव प्रसाद घिमिरेको निधन भएको छ । राष्ट्रकवि घिमिरेको उहाँकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको  उहाँकी बुहारी विजेता घिमिरेले बताउनुभयाे  ।

श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर उहाँकाे घरमै उपचार गरिएको थियो । केही समय अस्पतालको उपचारपछि अहिले उहाँको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो । राष्ट्रकवि घिमिरेको मुटु र नाडीको धड्कनमा समस्या देखिएको थियो ।

नेपाली साहित्यमा कविता, खण्डकाव्य, गीतिनाटक, कथामा घिमिरेको उलेख्य योगदान रहेको छ ।

घिमिरेले नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) जस्ता कृतिको रचना गरेका थिए ।

राष्ट्रकवि घिमिरेलाई विस २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो। उनलाई वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको थियो ।

त्यस्तै २०५४ सालमा हिमालपारि हिमालवारि का लागि साझा पुरस्कारबाट सम्मानित गरिएको थियो भने २०५८ सालमा चारु चर्चा(निबन्ध) का लागि साझा पुरस्कारबाट सम्मान गरिएको थियो । लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका थिए ।

प्रकाशित मिति: २०२०-०८-१८ , समय : १९:३९:५४ , ४ वर्ष अगाडि