असाहाय बृद्धलाई तरुणदलको सहयोग

सरकारकाे ध्यानकर्षण

Enepal Patra Pvt. Ltd. , ५९६  पटक हेरिएको

केरावारी, १ भदौ । सय बर्षिय एक बृद्धको अवस्ता नाजुक भएको भन्दै नेपाल तरुणदल केरावारीले सहयोग गरेको छ ।

कोभिड –१९ को संक्रमणले विश्व आक्रान्त बनिरहेको बेला मोरङको केरावारी गाउँपालिका वडा नं. ९ मा बसोवास गरिरहेकी सय बर्षिय बृद्ध महिला बेचनी थारुको अवस्था दयनिय भएको भन्दै नेपाल तरुणदल केरावारीले खाद्यान्न सहित नगद सहयोग गरेको छ ।

खाना लाउन समस्या भएको खबर स्थानियले सुनाएपछि तरुणदल केरावारीका सभापति पप्पु साह सहितको टोली तत्काल बृद्धको घरमा पुगेर कांग्रेस नेता रोहित कार्कीले दिएको नगद ५ हजार र तरुणलको तर्फवाट खाद्यान्न सामाग्री तथा ओढ्ने ओछ्याउने सहयोग गरिएको सभापति साहले जानकारी दिनुभयो ।

कोरोना भाईसरले निम्त्याएको समस्याले गरिवहरुलाई भोकै नांगै बनाईरहेको सन्दर्भ जोड्दै साहले सरकारको ध्यानकर्षण समेत गराउनुभएको छ । मानिसहरुको रोजगारीहरु गुम्नु, कृर्षी सामाग्री उत्पादनमा ह्रास आउनुका साथै वजारीकरणमा समस्या हुनु, आयआर्जन नहुनु , ब्यवासय धरासायी बन्नुले समस्या निम्तिरहेको भन्दै सरकारले यसलाई समाधान गर्न माग गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०८-१७ , समय : २०:१४:४९ , ४ वर्ष अगाडि