माेरङकाे मिक्लाजुङ कांग्रेस सभापतीमा चर्काे प्रतिस्पर्धा हुदैँ, आका‌ंक्षिहरु बढे

Enepal Patra Pvt. Ltd. , ४९५  पटक हेरिएको

मिक्लाजुङ, ३१ साउन। नेपाली काङ्रेस केन्द्रीय कार्यसमिती ले १४ औ महाधिवेशन को कार्यतालिका प्रकासन गरि मिति फागुन ७,८,९ गते केन्द्रिय महाधिवेशन गर्ने त्यस्तै पुषमा गाउँ अधिवेशन , क्षेत्र जिल्ला हुदैँ प्रदेश अधिवेशन सक्ने निर्णय भए सङ्गै केन्द्र देखी गाउ सम्म अधिवेशनले छपक्कै छोपेको भान हुन थालेको छ।

केन्द्रमा बर्तमान सभापती शेर बहादुर देउवा फेरि पनि सभापती हत्याउने दाउमा देखिन्छ्न भने बरिष्ठ नेता रामचन्द्र पौडेल १३ औ महाधिवेशनको हारको बदला लिने तयारीमा देखिन्छ्न । शेखर कोइराला , सशाङ्क कोइरला, कृष्ण प्रसाद सिटौला पनि बलियो आकाङ्क्षिको रुपमा देखिएका छन ।

स्थानिय तह समायोजन पछि साबिक टाडिँ , साबिक रमिते , साबिक मधुमल्ला र साबिक जाँतेको केहि भाग समायोजन पस्चात बनेको मिक्लाजुङ गाउँपालिकामा अब आउने काङ्रेसको नेतृत्वमाको रहला र १४ औ महाधिवेशन पश्चात पार्टीको नेतृत्व कसको हातमा पुग्ला भन्ने चर्चा काङ्रेसजन मा शुरु हुन थालेको छ ।

मिक्लाजुङको सन्दर्भमा  बर्तमान सभापती सेमन्तराज दाहालले हाम्रो मधुमल्ला सङ्गको एक अन्तर्बार्ताका क्रममा १४ औ महाधिवेशनमा कार्यकर्ताले चाहेमा आफु पुन: सभापती बन्न समेत सक्ने सङ्केत गर्नु भएको छ भने साबिक टाडि गाबिस सभापती र समायोजन पछि सहसंयाेजक रहनुभएका खगेन्द्र मादेनले पनि आफ्नो स्वभाविक रुपमा पार्टि सभापतीमा दाबी रहने घोषणा गरिसक्नु भएको छ। साबिक जाँते गाबिसकाे पार्टी सचिव भएर काम गरिसक्नुभएका मिक्लाजुङ ५ का वडा अध्यक्ष समेत रहनुभएका अनिल लिङदेन(रुद्र)ले समेत सभापतिका लागि उमेद्धवारी प्रस्तुत गरिसक्नुभएकाे छ ।

कार्यकर्ता स्तरमा अत्याधिक रुपमा रुचाइएका बबि राई पार्टि सभापति हुनुपर्छ भन्ने आवाज पनि उठिरहेको देखिन्छ। त्यस्तै लामो समय पार्टिमा योगदान गरेका शेर बहादुर बस्नेतको पनि पार्टि सभापतिमा दाबी   छ।  उता कार्यकर्ता माझ हाकी स्वभाव र स्पष्ट बक्ताको छबी बनाएका गोपाल बस्नेत पार्टि सभापती हुनुपर्छ भन्ने कार्यकर्ताहरुको मनोभाव समेत देखिन्छ। साथै अन्य केहि नामहरु समेत पार्टि सभापतिको आकाङ्क्षिको लिस्टमा देख्न सकिन्छ । यधपी कार्यकर्ता तथा नेताहरु को आकाङक्षा भने सर्वसम्मत रुपमा मिक्लाजुङ काङ्रेसले नेतृत्व चयन गरोस भन्ने नै देखिन्छ।

तर कथमकदाचित यदि सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेमा सरसर्ती हेर्दा मिक्लाजुङमा माथीका सबै आकाङ्क्षीहरु मध्य बबि राईको पल्ला भारी देखिएको छ। पछिल्ला समयमा जनता तथा कार्यकर्ता माझ लोकप्रिय छबी बनाईरहेका बबि राईलाई साबिक मधुमल्ला मात्र नभएर साबिक टाडि , साबिक रमिते र साबिक जाँतेका नेताहरुले समेत बलियो साथ दिने देखिन्छ। जनताको हरेक सुख दुखमा सम्भव भए सम्म साथ दिने र समस्यामा परेका हरकोहि लाई जात धर्म र राजनिति भन्दा माथी उठेर सहयोग गर्ने उनको कार्यशैली ले यसै पनि पुरै मिक्लाजुङमा उनिलोक प्रिय बन्दै गैइरहेका छ्न ।

पछिल्लो कोरोनाको कारणले लकडाउन भए पछि समस्यामा परेका १०० घर लाई २५ केजि चामल सहितको राहत , हस्पिटलमा आर्थिक रुपले बिपन्न बिभिन्न बिरामीहरुको उद्दार , सामुदायिक बिध्यालयहरुमा न्यानो कपडा बितरण , रमितेमा छात्रावास सहितको बौद्द गुम्बा ल्याउन पहल , लगायत बिभिन्न गतिबिधिले उनलाई लोकप्रीय त बनाईरहेको छ नै साथ साथै मिक्लाजुङका सकृय जुझारु नेता कार्यकर्ता र गत स्थानिय निर्वाचनमा काङ्रेस तर्फका अधिकाङ्श उमेद्द्वार पनि उनको पक्ष मा देखिन्छ्न।  श्रोतका अनुसार साबिक रमिते हाल वार्ड न १ मा गत स्थानियतह निर्वाचनका वार्डध्यक्ष उमेद्द्वार दिपक राई , साबिक रमितेका सभापती तथा पार्टिका बर्तमान उपसभापती भवानी राई , वार्ड न २ का वार्ड सभापती भानुभक्त कटुवाल , वार्ड न ४ का गत स्थानिय तह निर्वाचन का वडाध्यक्षका उमेद्द्वार बिसाल राई  , यस्तै मिक्लाजुङ ६ का सभापती एवम स्थानिय निर्वाचन वडाध्यक्ष उपबिजेता खडि मगर , मिक्लाजुङ ७ का सभापती कमला तामाङ, मिक्लाजुङ गाउँ कार्यसमितीका सचिव दिपक श्रेष्ठ लगायतका प्रभावशाली नेताहरु बबि राई नै सभापती हुनु पर्छ भन्ने पक्षमा देखिएकाे बताईन्छ । तरुण दल बाट सकृय राजनिती गरिरहेका समाजमा आफ्नो प्रभाव छोड्न सफल तरुण नेताहरुको पनि खुलेरै बबि राई प्रती समर्थन देख्न सकिन्छ ।

मिक्लाजुङका बिभिन्न वार्डका तरुण दल सभापतीहरु वार्ड न १ का बिरेन्द्र लिम्बु, २ का शेर ब मगर , ३ का नबिन मगर , ४ का रुपेश राई ५ बिकल श्रेष्ठ ६ का सन्देस श्रेष्ठ ७ का दिपेश मगर ८ का मणिराज राई र  तरुण दल मिक्लाजुङ गाउकार्यसमितीका सचिव देउमान तामाङ र कोषाध्यक्ष दिपेनराज राई जस्ता प्रभावशाली तरुण नेताहरु पनि बबि राई नै सभापती हुनु पर्छ भन्ने पक्षमा खुलेरै लबिङ गरिरहेका छ्न । श्रोतका अनुशार साबिक टाडी गाउँसभापती एबम मिक्लाजुङ ३ का वडाध्यक्षका बिजेता खगेन्द्र मादेन समेत बबि राई सभापती उठेमा आफुले सहयोग गर्ने पक्षमा छ्न ।
अत: अधिवेशन बाटको पार्टि सभापती चुन्ने कार्यकर्ताहरुको स्वबिबेक र निर्णयअधिकारको कुरा हो । हाल सम्मको अवस्था लाई मध्यनजर गर्ने हो भने मिक्लाजुङको आगामी सभापतीको रुपमा युवा नेता बबि राईको पल्ला धेरै नै भारी देखिन्छ ।

प्रकाशित मिति: २०२०-०८-१५ , समय : ०९:३४:११ , ४ वर्ष अगाडि