जनचेतना सहित लेटाङमा मास्क वितरण

Enepal Patra Pvt. Ltd. , ५७०  पटक हेरिएको

लेटाङ, २६ साउन । लेटाङ नगरपालिकाले जनचेतना जगाउने उदेश्यका साथ आज मास्क वितरण गरेको छ । लेटाङ नगरपालिकाको बजार क्षेत्रमा मास्क वितरण गरिएको हो ।

लेटाङमा कोभिड–१९ सम्बन्धी चेतनाको अभाव महसुस भएकाले जनचेतना जगाउने उदेश्य सहित मास्क वितरण गरिएको लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्ण कुमारी निरौलाले जानकारी दिनुभयो ।

मास्क लगाउनुनै कोरोना भाईरसको संक्रमणवाट बच्ने मुख्य उपाय भएकाले जनतामा मास्क लगाउनुपर्ने रहेछ भन्ने भावना विकास गर्न मास्क वितरण गरिएको लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहालले जानकारी दिनुभयो ।

नगरपालिका अगाडी वाट बाख्रा लाईन सम्म मास्क नलगाई हिडिरहेका , पसलमा समान खरिद गर्न आएका तथा ब्यापारीहरलाई समेत हात धुन तथा मास्क लगाउन अनुरोध गरिएको लेटाङ वडा नं. ३ का वडा अध्यक्ष देवराज चाम्लिङले बताउनुभयो ।

कार्यक्रममा लेटाङ नगरपालिकाका शिक्षा उपसचिव कृष्णराज राई, ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख अशोक कुमार जबेगु सहितको टोलीले मास्क वितरण गर्दै कोभिड-१९ सम्वन्धी चेतना जगाएको थियो ।

प्रकाशित मिति: २०२०-०८-१० , समय : १६:११:४१ , ४ वर्ष अगाडि