२२ जनामा संक्रमण पुष्टि, रंगेली बजार अनिश्चितकालका लागि सिल

Enepal Patra Pvt. Ltd. , ५५३  पटक हेरिएको

बिराटनगर, २० साउन। मोरङमा थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित सबै रंगेली नगरपालिकाका हुन् । २२ मध्ये १४ जना एकै परिवारका रहेको नगरपालिकाका प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिए ।

एकै पटक २२ जनामा संक्रमण पुष्टि भएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अनिश्चितकालका लागि सिल गरेको छ ।

प्रकाशित मिति: २०२०-०८-०४ , समय : १३:५२:३० , ४ वर्ष अगाडि