आर्थिक अभावका कारण ३ बर्ष देखि रोग पाल्न बाध्य

Enepal Patra Pvt. Ltd. , ५६७  पटक हेरिएको

रबिन्द्र बराल
रंगेली, १४ साउन । मोरङको रंगेली नगरपालिका ४ आमतोला स्थित सुकुम्बासी टोलका ४० बर्षका लखिराम हेमरम बिगत ३ वर्षा देखि पेट फुल्ने रोग बाट पिडित अहिले पैसाको अभावमा रोग पाल्न बाध्य रहेका छन । ३ बर्ष अगाडि उनको पेट फुलेपछि उनलाई बिराटनगर स्थित कोशि अन्चल अस्पतालमा उपचारका लागि लगिएको श्रीमती डुलर हेमरमले बताईन ।

डाक्टरले लखिरामको लिभरको खराबीका कारण पेट फुलेको बताए । केही दिन डाक्टरको सल्लाह अनुसार औषधि समेत सेवन गरे तर उनको रोग भने निको भएन अहिले पैसा अभाव कै कारण रोग पाल्न बाध्य रहेको श्री मति डुलरले बताईन । एक कठ्ठा औलानि जमिनमा सानो झुपडीमा बस्दै आएका चार परिवारलाई अहिले निकै समस्यामा परेकोे छ । उनको घरमा १० बर्षका एक छोरा सन्तोष १३ बर्षकि छोरी सन्तोषि र आमा, बुबा बस्दै आएका छन । घरको आर्थिक अवस्था कमजोर भएको देखेर २ बर्ष अगाडि जेठि छोरीले घर देखि केही टाढा गएर रुखमा झुन्डिएर आत्मा हत्या गरेको उनकी आमा डुलरले बताईन । उनी हरुको घरमा अहिले राम्रो संग एक छाक टार्न समेत निकै कष्टकर रहेको छ । उनले भनिन अहिले छोरा छोरी लाई र श्रिमान लाई कसरी पालनपोषण गर्नु आफु एक्लै ले जनमजदुर गरेर मुस्किलले परिवार पालिरहेको उनले बताईन ।

आफु एक्लैले अरुको खेतमा गएर धान काटेर केही धान जोहो गरेता पनि श्रीमानको उपचार गर्न सबै धान बिक्री समेत गरेको र अहिले घरमा खानाका लागि केही थोरै गहुँ मात्रै रहेको र सो गहुँ सकिएपछि परिवारलाई के खुवाउनु भन्दै बिलौना गरिहेकि छन । उनी अहिले गाउँ घरमै जन मजदुरी गरेर आफ्नो चार परिवार पाल्न बाध्य रहेकि छन । उनले श्रीमानको उपचारका लागि ऋण लिएर ३ लाख रुपैयाँ सकिन तर रोग भने निको भएन अब श्रीमानको रोग कसरी निको पार्ने भन्दै बिलौना गरिरहेकिछन । उनी पनि बिगत दुई बर्षा देखि तल्लो पेट दुख्ने समस्य बाट ग्रसित भए पनि आफुले रोग सहेर भए पनि श्रीमानको उपचारका लागि निकै कष्ट गर्दे आईरहेको बताईन ।

 

घरमा राम्रो संग परिवारलाई मिठो र राम्रो खुवाउनुु उनलाई सपना जस्तो भएको छ। श्रीमानको उपचारका लागि उनले जीवन बिकास बाट २५ प्रतिशत ब्याजमा ५० हजार रुपैयाँ र स्थानीय बाट अडाई रुपैयाँ सेकडाका दरले ६० हजार रुपैयाँ लिएको ऋिण लिएको बताईन तर अब सबै ऋण कसरी तिर्नु भन्दै निकै बिलौना गरिरहेका छन।

 

श्रीमानको उपचारका लागि उनले जीवन बिकास लधुबित्तिय वितिय संस्थान लिमिटेड बाट आफु ले ५० हजार रुपैयाँ ऋिण लिएर लिएको भएता पनि अहिले उक्त ऋण समेत तिर्न धैध परिरहेको उनले बताईन । अहिले बैंकले उसलाई बारम्बार ऋण तिर्नु भन्दै थप समस्या दिएको बताईन । आफुले ऋण तिर्न नसके पछि आफुले बचत गरेको ३० हजार रुपैयाँ त्यहीँबाट कट्टा गर्नु भनेको र अझैै २० हजार रुपैयाँ दिनुपर्ने भने पछि थप समस्या रहेको र गाउँले बाट अडाई रुपैयाँ सयकडा बाट ६० हजार रुपैयाँ थप ऋण लिएको उनले बताईन । अब श्रीमानको उपचार कसरी गर्नु र छोरा छोरी को पालनपोषण कसरी गर्नु आफु संग भएको सबै रकम सकिए पछि अब श्रीमान लाई कसरी बचाउनु भन्दै आँखा बाट आसुका धार बगाउनु सिबाय केहि उपाय नभएको देखिन्छ । उनले भनिन् १ बर्ष अगाडि स्थानीयले चन्दा उठाएर २६ सय रुपैयाँ दिए अब कति गाउँमा चन्दा माग्नु भन्दै बिलौना गरिरहेकि छन ।

प्रकाशित मिति: २०२०-०७-२९ , समय : १२:५३:३६ , ४ वर्ष अगाडि