Enepal Patra Pvt. Ltd. , ६३६ पटक हेरिएको
दिपक पुरी
नडाहा, ५ साउन । बराहक्षेत्रको महेन्द्रनगर चक्रघट्टी बाट प्रकाशित हुने साप्ताहिक पत्रिका ‘कोशी सम्मान’ व्दारा स्थापना गर्ने घोषणा गरिएको ग्रामीण पत्रकारीता पुरस्कार कोषमा नेपाल प्रेस युनियन सुनसरी जिल्ला सभापति पवन अधिकारीले २५ हजार रुपया प्रदान गर्ने घोषणा गरेका छन् । सोमवार आयोजित उक्त पत्रिकाको आठौं वार्षिकोत्सवमा अधिकारीले पुरस्कार कोषमा योगदान गर्ने प्रतिबद्धता जनाएका हुन ।
उनले ग्रामिण भेगमा पत्रकारीतको विकासको लागि ग्रामीण पत्रकार पुरस्कार कोष उदाहरणिय भएको बताए । यसअघि ग्रामीण पत्रकार समुहका अध्यक्ष तथा पत्रिकाका सम्पदक, प्रकाशक हिरण्य कार्कीले पत्रिकाले २५ हजार रुपया बैंकमा जम्मा गरी ग्रामिण पत्रकारीता लाई उत्प्रेरित गर्न पत्रकारिता पुरस्कर कोष समेत स्थापन गर्ने घोषण गरेका थिए । उक्त कोष बाट ग्रामिण क्षेत्रमा कार्यरत उत्कृष्ट पत्रकार लाई वार्षिक रुपमा पुरस्कृत गरिने उनको भनाई छ । बराहक्षेत्रमा कोशी सम्मान २०७० साल देखी प्रकाशित शुरु गरिएको हो ।
बराहक्षेत्र नगरपालिकामा हाल सामुदायिक एफएम १, सदावहर अनलाइन लगायत सञ्चार माध्यम सञ्चालनमा छन् । वर्षिकोत्सवमा प्रमुख अतिथि पत्रकार महसंघ सुनसरीका अध्यक्ष अमर खड्काले ग्रामीण पत्रकार समुहले स्थापनाले ग्रामिण पत्रकारीताको विकासमा नयाँ उत्साह थप्ने, निश्पक्ष र सिर्जनशील पत्रकारीता प्रति प्रोत्साहि गर्ने विश्वास व्यक्त गरे । कार्यक्रम पत्रिकाका सल्लाहकार संयोजक रणजित दासको सभापतित्वमा भएको हो । उक्त अवसरमा ग्रामीण पत्रकार समुहका पुर्व अध्यक्ष बाबुराम कार्की, नेपाल प्रेस युनियन बराहक्षेत्रका अध्यक्ष संगम विष्ट लगायतले शुभकामना प्रकट गरेका थिए ।
प्रकाशित मिति: २०२०-०७-२१ , समय : १२:३४:५५ , ५ वर्ष अगाडि