मुख्यमन्त्री राइ र मेयर पराजुलीद्वारा अध्यक्ष कार्कीको स्वास्थ्य अवस्थाको जानकारी

Enepal Patra Pvt. Ltd. , ३६६  पटक हेरिएको

विराटनगर, ५ साउन । छुरा प्रहारबाट घाइते भएर नोबेल अस्पतालमा उपचाररत केराबारी गाउपालिकाका अध्यक्ष रोहित कार्कीको स्वास्थ्य अवस्था क्रमिकरुपमा सुधार हुदै गएको छ । उनी अव केही दिनमै डिस्टार्ज हुने अस्पतालले बताएको छ । सोमवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राइ र विराटनगर महानगरका मेयर भीम पराजुलीले समेत कार्कीको स्वास्थ्य अवस्थाबारे बुझेका छन् ।

अध्यक्ष कार्कीलाई स्वास्थ्य लाभको कामना गर्दै मुख्यमन्त्री राइले घटनामा सम्लग्न माथी कडा कार्बाही हुने बताए । जनप्रतिनिधिमाथी हुने यसखाले घटना हुन नदिन आबश्यक सुरक्षा प्रबन्ध मिलाउने बताए । यस्तै विराटनगर महानगरका मेयर भीम पराजुलीले पछिल्लो समय जनप्रतिनिधिमाथी विभिन्न खाले घटना बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरे । पराजुलीले जनप्रतिनिधिको सुरक्षाका विषयमा संबेदनशिल बन्नुपर्ने भन्दै मुख्यमन्त्री राइको ध्यानाकर्षण समेत गराएका थिए ।

प्रकाशित मिति: २०२०-०७-२० , समय : २१:५७:४१ , ४ वर्ष अगाडि