धरानमा बाबुको प्रतिमा अनाबरण

Enepal Patra Pvt. Ltd. , ५५१  पटक हेरिएको

धरान, २ साउन । धरान–१८ बुद्धचौकमा बनेको वाबुको प्रतिमाको बिहीबार अनावरण गरिएको छ ।

धरान उपमहानगरपालिका वडा नं १८ को ८ लाख, स्वार्गीय नरप्रसाद राईकी श्रीमती दुर्गामाया राईले प्रदान गरेको ५ लाख ५० हजार रुपैयाँको सहयोगमा सो वाबुको प्रतिमा बनाइएको हो । भाषाविद् डा. टंक न्यौपाने र धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वाबुको प्रतिमाको अनावरण गरेका हुन् ।

सो वाबु कलाकार महेन्द्र राईले बनाएका हुन् । वाबुको प्रतिमा मुनि धरान भित्र बसोवास गर्ने विभिन्न जातजातिको सांस्कृतिक झल्को दिने तरिबरहरु र धरानको पहिचान दिने तस्बिरहरु राखिएको छ । वाबुको प्रतिमा राखिए पनि सो चोकको नाम परिवर्तन नहुने भएको छ ।

प्रकाशित मिति: २०२०-०७-१७ , समय : ०६:१८:०६ , ४ वर्ष अगाडि