इन्जिनियर एक लाख घुससहित पक्राउ

Enepal Patra Pvt. Ltd. , ४९६  पटक हेरिएको

काठमाडौं, १ साउन। बाग्लुङको ढोरपाटन नगरपालिकामा कार्यरत इन्जिनियर मिलन अधिकारी एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा पोखरा महानगरपालिकाको जिरो प्वाइन्टस्थित एक होटलबाट अधिकारीलाई बुधबार पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सडक निर्माण सम्बन्धी योजनामा उपभोक्ता समितिलाई भुक्तानीका लागि सहजीकण गरिदिएबापत घुस मागेको सूचनाको आधारमा उनलाई पक्राउ गर्न सफल भएको अधिकारीले बताए । कोइरालाका अनुसार उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

onlinekhabar बाट

प्रकाशित मिति: २०२०-०७-१६ , समय : १४:५५:५३ , ४ वर्ष अगाडि