भद्रपुर, ३० असार । झापा जिल्ला प्रशासन कार्यालयले बाढीको प्रकोपबाट मृत्यु भएका पाँच जनाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन राहत कोषबाट प्रति परिवार रु एक लाख प्रदान गर्ने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा सोमबार बसेको बैठकले तीन महिनायता नदीमा बगेर र खाल्डोमा डुबेर मृत्यु हुने पाँच जनाको परिवारलाई राहतस्वरुप सो रकम प्रदान गर्ने निर्णय गरेको हो ।

बाढीको प्रकोपबाट गत वैशाख २० गते अर्जुनधारा नगरपालिका–२ सातकटेरीका ६५ वर्षीय दुर्गाबहादुर खपाङ्गी, असार १० गते बाह्रदशी गाउँपालिका–६ रुपचनबाडीकी १८ वर्षीया अनुसा टुडु, शिवसतासी–८ का ३ वर्षीय सम्यम विष्ट, असार २० गते कमल गाउँपालिका– ५ का ३४ वर्षीय पुष्प राई र असार २७ गते झापा गाउँपालिका– ५ का राजेश गणेशको मृत्यु भएको थियो । उनीहरु सबैको परिवारलाई राहतका लागि प्रदेश नम्बर १ को सरकारलाई पनि सिफारिस गरिने सहायक प्रमुख जिल्ला अधिकारी जनक पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारको विपद् व्यवस्थापन कोषबाट समेत प्रति परिवार रु एक लाखको दरले राहत दिइने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.