Enepal Patra Pvt. Ltd. , ५८३ पटक हेरिएको

रबिन्द्र बराल
रंगेली, २६ असार । याे दृष्य धेरै जसाे दुर्गम क्षेत्र मा देखिदै आएता पनि बर्षयाम सुरु भए पछि यस्तो दृष्य हेर्नेे तपाई हामीले टाडा गईरहनु पर्देन याे दृष्य मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ९ सगरमाथा टोल मा अम्बर बहादुर खड्का बिरामी भए पछि उसलाई अस्पताल सम्म पुर्याउन एउटा बाँसमा लुगा बाँधेर झुलुङ्गाे सहारामा अस्पताल लगिएको हाे ।
बर्षायाम सुरु भए पछि अहिले अधिकान्स गाउँ पालिका र नगरपालिका काे हरेक सडक हिलाम्मे हुने गरेको र सर्वसाधारण हरुले निकै सास्ती बेहोर्न बाध्य रहेका छन । साेहि अनुरुप अम्बर बहादुर ले पनि अस्पताल सम्म पुग्न निकै कष्टकर बेहोर्नु पर्याे । सडक हिलाम्मे भए कै कारण असार २३ गते खड्काको घरसम्म एम्बुलेन्स पुग्न नसकेपछि झोलुङ्गोमा हालेर राम्रो बाटोसम्म ल्याइएकाे थियोे ।
जनता माध्यमिक बिधालय बाट पश्चिम करिब ४ सय मिटर लामो बाटो अहिले हिलाम्मे छ । उक्त सडकको स्तरन्नोति नहुँदा त्यहाँँका स्थानीय यस्तो बाटोमा हिड्न बाध्य रहेका छन् ।
स्थानीयले बारम्बार नगरपालिका र वडा कार्यलयका बारम्बार जानकारी गराउदा समेत सडक मर्मतका लागि पहल कुनै साचो नदेखाएको स्थानीयले बताए । यस्तो हुदा समेत नगर प्रमुख र जनप्रतिनिधि हरुकाे समयमै ध्यनन जाओस ।
प्रकाशित मिति: २०२०-०७-०९ , समय : ०७:०५:४८ , ५ वर्ष अगाडि