आकाशमा पनि दादागिरी – अनुमति नलिई बिदेशी बिमान नेपाली आकाशमा

Enepal Patra Pvt. Ltd. , ४१८  पटक हेरिएको

बिराटनगर, २४ आसार  । आज मंगलबार नेपाली आकाशमा विना पूर्व जानकारी दुईवटा उडान भएका छन् ।

नयाँ दिल्लीबाट इस्तान्बुलका लागि उडेको टर्किस एअरलाइन्स खराब मौसमको नाममा विना सेड्युल र पूर्व जानकारी बिना नेपाली आकाशमाथि केही बेर उड्यो । उक्त विमान बिराटनगर नजिकैबाट नेपालको सिमानाभित्र छिरेर पछि जनकपुर माथिबाट निस्केको थियो ।

स्रोतका अनुसार दिउँसो १:१५ बजे नेपाली आकाशमा छिरेर १स्२६ बजे बाहिरिएको टर्किस एअरलाईन्सले विना कुनै जानकारी नेपाली आकाशमाथि ११ मिनेट उडान भरेको हो । त्यसअघि आजै चीनको खुनमिङ्गबाट भारतको नयाँ दिल्लीतर्फ गइरहेको सिटिजेड कल साइनको जहाज पनि भैरहवा नजिकैबाट नेपाली आकाशमा छिरेर नेपालगञ्ज नजिकैबाट बाहिरिएको छ ।

उक्त विमान बिहान ७ बजेर २७ मिनेटमा छिरेर ७ बजेर ४७ मिनेटमा नेपाली आकाशबाट बाहिरिएको हो । उक्त विमानले पनि विना कुनै जानकारी नेपाली आकाशमाथि २० मीनेट निर्वाध उडान भरेको थियो । यस्तै, गत शनिबार भारतीय वायुसेनाको एउटा फाइटर जेट विमानले पनि नेपाली आकाशको नजिकैबाट उडान गरेको थियो ।

वीरगञ्ज नजिकैको बोर्डर भएर उक्त विमान उडेको नेपालको राडारले समेत देखाएको थियो । आइआरएन ०८११ कल साईन भएको उक्त लडाकू विमान वीरगञ्जदेखि सात नटिकल माइल नजिकैबाट उडेको थियो । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गत चैत ११ गतेदेखि राहत र उद्धारका लागि हुने उडानबाहेक अन्य व्यावसायिक उडानको लागि बन्द छ । यस्तो अवस्थामा पनि विमानस्थलको व्यवस्थापन भने सुचारु छ ।

स्रोत(जन आस्था

प्रकाशित मिति: २०२०-०७-०८ , समय : १६:२२:०५ , ४ वर्ष अगाडि