प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षण

Enepal Patra Pvt. Ltd. , ३९५  पटक हेरिएको

काठमाडौँ, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा गई निवास फर्कनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली अत्यावश्यक परीक्षण गरी निवास फर्कनुभएको हो । प्रधामन्त्री ओलीको गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति: २०२०-०७-०१ , समय : १९:१४:२४ , ४ वर्ष अगाडि