प्रदेश सचेतक राई आक्रामक , रातो कितावलाई ‘कालो किताव’को संज्ञा

Enepal Patra Pvt. Ltd. , ९६२  पटक हेरिएको

विराटनगर,१२ असार । प्रदेश नं. १ मा नेपाली काङ्ग्रेसका सचेतक एवं युवा नेता सुयर्माराज राईले प्रदेश सरकारको रातो कितावलाई कालो कितावको संज्ञा दिनु भएको छ । रातोको अर्थ अग्रगमन हो , तर सरकार अग्रगमन तर्फ छैन्,त्यसैले यो किताव रातो होइन,कालो हो – उहाँले दोहो¥याएर भन्नुभयो ।
शुक्रबार संसदमा भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बजेटका बिषयमा बोल्दै उहाँले ब्यवस्था र पात्र फेरिए पनि प्रवृति नफेरिदाँ समृद्धिको अनुभुति हुने कुनै काम हुन नसकेको बताउनु भयो । राईले सरकार झुटा कुरा बोलेर जनतालाई ढाँटी रहेको बताउँदै भन्नुभयो –संसदमा ब्याकडोरबाट आएका आयोजना समावेस गर्दिन भन्छ,तर रातो कितावमा आएका आयोजनाका बारेमा सांसदलाई नै थाहा हुँदैन । उहाँले ति आयोजना कुन बाटोबाट आए भनी सरकारसँग प्रश्न गर्नुभयो । एउटै आयोजना दुई ठाउँमा राखेको उल्लेख गर्दै सचेतक राईले भन्नुभयो–मन्त्रीहरू संसद प्रति पनि जिम्मेवार छैनन् ।
सांसदहरूलाई मालिक र शासक बन्न जनताले नपठाएको बताउँदै उहाँले भन्नुभयो –मोरङको उर्लाबारीस्थित मंगलबारे अस्पतालका विषयमा सरकारले किन संवाद सुरु गर्दैन रुराईको प्रश्न थियो–जनताको भावना बुझ्ने सरकारको जिम्मा हो कि होइन रुसरकार प्रति निक्कै आक्रामक बन्दै राईले सरकारलाई मंगलबारेको आन्दोलनका विषयमा थाहा नभएको हो कि ,कानमा ठेढी लगाएर बसेको छ भन्दै प्रश्न गर्नुभयो ।
असल सासकले विद्यालय बनाउने तर खराव सासकले जेल बनाउने गरेको दृष्टान्त दिँदै सांसद राईले सरकार सार्वजनिक खर्च कटौतिका नाममा ३० लाख रुपियाँ कटौति गरेको हल्ला चलाएर ५० करोडका गाडी खरिद गर्ने तयारीमा रहेको बताउनु भयो । उहाँले सरकार बारम्बार जनतालाई ढाँटी रहेको बताउँदै उहाँले सरकारले माफी माग्नु पर्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०६-२६ , समय : २०:३०:२१ , ४ वर्ष अगाडि