मोरङमा थपिए १२ जना कोरोना संक्रमित , सबैजना भारतवाट आएका

Enepal Patra Pvt. Ltd. , ६५५  पटक हेरिएको

विराटनगर, ८ असार । रंगेली र सुन्दरहरैचामा कोभिडका नयाँ विरामी भेटिएका छन् । आज मोरङको सुन्दरहरैचामा दुई महिला सहित ४ जना र मोरङको रंगेली नगरपालिकाका ८ जनामा कोरोना संक्रमणको पूष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेस मेहेताले बताउनुभयो ।
कोशि अस्पतामा परिक्षण गर्दा रंगेली र सुन्दरहरैचाका १२ जनामा परिक्षण गर्दा संक्रमणको पूष्टि भएको हो । संक्रमित सबैजना भारतवाट आएका हुन् । यो संगै मोरङमा कोभिड १९ का विरामी १३० पूगेको छ ।

प्रकाशित मिति: २०२०-०६-२२ , समय : १६:१०:१२ , ४ वर्ष अगाडि