धनपालथानका ३ विद्यालयमा नेवि संघ गठन

Enepal Patra Pvt. Ltd. , १३२२  पटक हेरिएको

लेटाङ २३ माघ । नेपाल विद्यार्थी संघको महाधिवेशन नजिकिए संगै मोरङ जिल्लाका विभिन्न विद्यालय तथा पालिकाहरुमा अधिवेशन वाट नेतृत्व चयन गर्ने क्रम वढेको छ । आज मोरङको धनपालथान गाँउपालिकाका विभिन्न विद्यालयमा नेवि संघको विद्यालय इकाई समिति गठन गरिएको छ । उक्त गाँउपालिका १ को फोकनी माविमा विनोद सरदारको अध्यक्षतामा २१ सदस्यीय समिति बनेको छ । पूसेट कलेजका सभापति तथा धनपालथान गाँउपालिकाका नेवि संघ जिल्ला प्रतिनिधी दिपेन्द्र रौनियारको अतिथ्यता र ईस्टन ईन्जिनियरिङ कलेजका सभापति प्रशान्त वस्नेतको उपस्थितिमा नेविसंघका विभिन्न विद्यालयमा समिति गठन गरिएको हो । त्यस्तै धनपालथान गाँउपालिकाकै शक्ति माविमा दिपेन्द्र मण्डलको अध्यक्षतामा २१ सदस्यिय समिति वनेको छ ।
त्यस्तै आजै धनपालथान गाँउपालिकामा रहेको जनता माविमा प्रदिपकुमार मण्डलको अध्यक्षतामा २१ सदस्यीय समिति वनेको छ ।
नेवि संघको समिति गठन गर्ने क्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य वासुदेब राय , धनपालथान गाँउपालिका वडा नं. १ का सभापति मुबारक मिँया , वडा नं. ३ का सभापति गुलावचन्द्र मञ्डल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०१९-०२-०६ , समय : २०:१३:१६ , ५ वर्ष अगाडि