रंगशाला निर्माण रोकिनुमा नगरपालिकाको हात छैन : नगरप्रमुख

Enepal Patra Pvt. Ltd. , ७०३  पटक हेरिएको

लेटाङ, ४ असार  । मोरङको लेटाङ नगरपालिकाले नगरको वडा नं.५ र ६ को सिमानामा निर्माण हुने भनिएको बुद्ध रंगशाला निर्माण नहुनुमा नगरपालिकाको कुनै भूमिका नभएको प्रष्ट पारेको छ ।

नगर प्रमुख शङ्कर राईले आफू खेलका माध्यमले राजनीतिमा आएको बताउँदै रंगशाला निर्माण आफ्नो बिगतसँग जोडिएको विषय भएको बताउनु भएको छ । प्रदेश सरकारवाट रंगशाला निर्माण गर्न १५ लाख रुपैयाँ लेटाङ नगरपालिकालाई पठाएको थियो । एक स्थानीय तहमा एक रंगशाला निर्माण गर्ने सरकारको नीति भएतापनि प्रदेश सरकारले नगरपालिकासँग कुनै समन्वय नगरी वन क्षेत्रमा बजेट विनियोजन गरेर आफुलाई फसाउने षडयन्त्र गरिएको नगरप्रमुखले बताउनुभयो ।

लेटाङ नगरपालिकाका ईन्जिनियरको टोलीले नगर प्रमुखको प्रत्यक्ष निगरानीमा बुद्ध रंगशालाको अनुगमन र सर्भे गरेको थियो । सर्भे गरे लगत्तै क्लवले मङ्सिर १८ गते नगरपालिका सँंग सम्झौता गरेको थियो । फागुन १८ गते भित्र काम सम्पन्न गर्नुपर्नेमा कानुनी अड्चन थाहा पाएपछि मेयर प्रति भ्रम छर्न लाग्नु विडम्वना भएको नगर प्रमुख राईले वताउनुभयो । लेटाङमा एउटा रंगशाला निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहँदा रहदै गलत तत्वबाट प्रेरित भई आफुलाई दोषी देखाउन अभियान चलाउनु निन्दनीय घट्ना भएको राईको भनाई छ । आफ्नो कारणले रंगशाला निर्माणमा अवरोध भएको भए आफु मेयर पद त्याग गर्न समेत तयार रहेको उहाँले वताउनुभयो ।

बन कार्यालयको क्षेत्राधिकारको जग्गा भएकोले रोकावट हो भनेर बुझ्दा बुझ्दै तोडमोड गरी समाजमा भ्रम फैल्याएर नकारात्मक सन्देश दिन खोजिएको प्रति मेयर राईले खेद ब्यक्त गर्नुभएको छ ।
मेयरले गर्दा बजेट फ्रिज हुने अवस्था आएको भन्दै चिसाङ भ्याली क्लव तथा राजनीतिक दलको नेतृत्व तहवाटै सामाजिक सञ्जाल मार्फत आरोप लगाएको प्रति नगर प्रमुख शंकर राईले गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
चिसाङ भ्याली क्लवको नाममा रहेको फेसबुक पेज तथा विभिन्न वेवसाईडहरुमा मेयरद्वारा नै खेलमैदान निर्माणका लागि बाधक बनेको भन्ने खालको समाचार तथा सुचनाहरु सम्प्रेसण भएको प्रति नगर र आफ्नो गम्भीर ध्यानाकर्षण भएको राईले वताउनुभयो ।

बन क्षेत्रमा पूर्वाधार बनाउन दिने अधिकार स्थानीय तह संग नभएको र आफुले सकेको प्रयास गर्दा गर्दै आफुलाई यसभित्र मुछ्नु राजनीतिक पूर्वाग्राह मात्र भएको नगरप्रमुख राईले स्पस्ट पार्नुभयो ।

मेयर राईका अनुसार आफु संग राजनीतिक विचार नमिल्नेहरुले भने जस्तो नगरपालिकाको बजेटहरु समेत फ्रिज नभएको प्रष्ट पार्नुभयो । कानेपोखरी–लेटाङ सडक, पिएसी भवन , खेरुवा खोला र भुवा खोलामा पक्की पूल , लेटाङ ४ र ८ मा पर्ने आधुनिक कृषि बजार लगायतका ठुला योजनाको डिपिआर भई आव २०७७/ ०७८ मा काम सुरु हुने जानकारी दिनुभयो । अन्य योजनामा वजेटको खोजी भईरहेको समेत मेयर राईले जानकारी दिनुभयो । यो बर्षका योजनाहरु कोभिड १९ का कारण केही ढिला भएको र समय थप गरि निरन्तर चलिरहने जनाउनुभयो ।

बुद्ध खेल मैदान निर्माण रोकिएको विषयमा सव डिभिजन कार्यालय लेटाङका प्रमुख सत्यनारायण झाले बुद्ध रंगशाला टुक्रे राष्ट्रिय बन क्षेत्रभित्र बनाउने योजना क्लवले वनाएपछि डिभिजन वन कार्यालयको निर्देशनमा सव डिभिजन कार्यलय लेटाङले रोकेको जानकारी दिनुभयो । बन क्षेत्रमा स्वीकृति नलिई कुनै पनि योजना सञ्चालन गर्न नमिल्ने झाले वताउनुभयो ।

प्रकाशित मिति: २०२०-०६-१८ , समय : १३:०७:३९ , ४ वर्ष अगाडि