आगामी बर्षको बजेटबारे नेकपाले बुझायो ज्ञापनपत्र

Enepal Patra Pvt. Ltd. , ५४८  पटक हेरिएको

 

लेटाङ, १ जेठ । आगामी आर्थिक बर्षको नगरपालिकाको बजेट निर्माण गर्दा समाबेश गर्नुपर्ने बिषयहरुलाई सुझाबको रुपमा लेटाङ नेकपाले नगरपालिका प्रमुखलाई आईतबार ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझदै नगर प्रमुख शंकर राईले बजेट निर्माणको चरणमा रहेकोले प्राप्त सुझाबहरुलाई कार्यपालिका बैठकमा लैजाने र छलफल गराउने बताउदै रचनात्मक सुझाबको लागि नेकपालाई धन्यवाद व्यक्त गर्नुभयो ।

समृद्ध नेपाल सुखी नेपालीको अबधारणा अनुसार नगरबासीले महसुस गर्न सक्ने किसिमका कार्यक्रम तथा बजेट आगामी बर्षको योजनामा ल्याउन सुझाब सहित नेकपाले लेटाङ नगरपालिका प्रमुख शंकर राईलाई ज्ञापनपत्र बुझाएको हो । नगरप्रमुखको कार्यकक्षमा एक कार्यक्रमका बिच नेपाल कम्युनिष्ट पार्टी लेटाङका अध्यक्ष कृष्ण लम्सालले सो ज्ञापन पत्र बुझाउनु भएको हो । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा नेकपा मोरङ जिल्ला सदस्य तथा लेटाङ नगर कमिटि ईञ्चार्ज भुपेन्द्र कुमार लाबती, जिल्ला सदस्यहरु गंगामाया बि.क., डिल्ली बि.क., दहशेर राई लगायतको उपस्थिति रहेको थियो ।

नेकपा अध्यक्ष कृष्ण लम्सालले ज्ञापनपत्र पढेर सुनाउदै नगरपालिकाले बजेट बिनियोजन गर्दा हालसम्म सबै वडालाई दामासाही रुपमा बितरण गर्ने गरेको उल्लेख गर्दै आगामी बर्षको बजेट निर्माण गर्दा वडाको जनसंख्या, क्षेत्रफल, मानब बिकास। प्रुर्वाधार बिकास, राजश्व परिचालन, लागत सहभागितालगायतको आधारमा बजेट सिलिङको व्यवस्था गर्नुपर्ने सुझाब दिईएको छ । ज्ञापनपत्रमा हालसम्म नगरपालिकाको बजेटमा कार्यबिधि बिपरित निकै ठुलो रकम अबाण्डा शिर्षकमा राखि खर्च गर्ने गरेको बताउदै बजेटका शिर्षकहरु स्पष्ट रुपमा आउनु पर्ने तथा बजेट बिनियोजन गर्दा कृषि, स्वास्थ्य र शिक्षालाई बिशेष प्राथमिकता राख्नुपर्ने सुझाईएको छ ।
बिज्ञप्तीमा नगरपालिकाले बजेट बनाउदा आर्थिक बिकास अन्तर्गत कृषि क्षेत्रमा बजेट बिनियोजन गर्दा खाद्य बाली तथा नगदेबाली, पशुपालन तथा दुग्घ उत्पादन पकेट क्षेत्रको रुपमा बिकास गर्ने योजना बनाउनुपर्ने, पर्यटनलाई बिशेष आम्दानीको स्रोत बनाउने योजना निर्माण गर्नुपर्ने बताईएको छ । बिज्ञप्तीमा सामाजिक बिकास तर्फका स्वास्थ्य, शिक्षा र संस्कृतिको बिकासको लागि गुरु योजना बनाएर काम गर्नुपर्ने, भौतिक पूर्बधारका योजनाहरुलाई बार्षिक, आबधिक र दीर्घ कालिन योजनाको रुपमा बिकास गर्नुपर्ने, बन तथा बाताबरणको क्षेत्रमा संरक्षण र संबर्धन गर्दा समानुपातिक बितरण र उपभोग निति बनाएर अगि बढ्नुपर्ने बताईएको छ भने नगरपालिकाको सुशासन तथा संस्थागत बिकासको लागि नगरबाट दिईने सेवाहरुको पारदर्शी कार्यान्वयन गर्दै सामाजिक परिक्षण र सार्बजनिक सुनुवाईका कार्यहरु गर्नुपर्ने कुरामा नगरपािलकाले ध्यान पुर्याउनुपर्ने आग्रह गरिएको छ ।

नेकपाले बुझाएको ५ पन्नाको ज्ञापनपत्रमा कालेबुदुली सडकलाई कालो पत्रे गर्ने, धनसिंह पैनीलाई व्यवस्थीत सिंचाई आयोजनाको रुपमा बिकास गर्ने, जलाशययुक्त बिद्युत उत्पादन गर्ने, एक वार्डमा कम्तीमा एक बटा कृषि उपज पकेट क्षेत्रको निति लिनुपर्ने, नगरस्तरको खेलकुदको बिकासको लागि नगर स्तरिय रंगशालाको निर्माण गर्नुपर्ने कुरामा पनि जनप्रतिनिधिहरुले ध्यान पुर्याउन आग्रह गरिएको छ ।

नेकपाले बिज्ञप्ती मार्फत स्विकृत योजना र बजेट किताब आ.ब.को शुरुमा सार्बजनिक गर्नुपर्ने, स्बिकृत बजेटका कामहरु सुरुबाट नै कार्यान्वयन गर्नुपर्ने, अनुगमनलाई नियमित र पारदर्शी बनाउनुपर्ने, दिर्गकालिन महत्ब र असर गर्ने किसिमका निर्णयहरु गर्दा सम्बन्धीत सरोकारबालासंग समन्वय गर्नुपर्ने, प्राकृतिक श्रोत तथा खोलाजन्य बस्तुको प्रयोग र उपयोग गर्ने कार्यमा बैज्ञानिक मापदण्ड तयार गरी अघि बढ्नसमेत नगर प्रमुख शंकर राईलाई सुझाब दिएको छ ।

प्रकाशित मिति: २०२०-०६-१५ , समय : १२:५०:५१ , ४ वर्ष अगाडि