Enepal Patra Pvt. Ltd. , ४२० पटक हेरिएको

विराटनगर, ३२ जेठ । विराटनगर–४ इक्राहीमा भएको सवारी दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ । विराटनगरस्थित निहारिका कलेज एमबीएस दोस्रो वर्ष अध्ययनरत २३ वर्षीया रोजिना निरौलाको निधन भएको हो ।
शनिबार दिउँसो पश्चिमतर्फ गहिरहेको रोजिना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिंदा भएको दुर्घटनामा रोजिनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको श्रीमान् खग्रेन्द्र अधिकारीले चलाएको अपाची मोटरसाइकल दुर्घटनामा परेको थियो । रोजिनाको गत मंसिरमा विवाह भएको थियो ।
प्रकाशित मिति: २०२०-०६-१४ , समय : १९:३२:५५ , ३ वर्ष अगाडि