मोरङको रतुवामाईमा १ जनामा देखियाे काेराेना

Enepal Patra Pvt. Ltd. , ८३७  पटक हेरिएको

किरण न्यौपाने, रंगेली

रंगेली, ५ जेठ । मोरङको रतुवामाई नगरपालिका वडा न।१ सोनापुरका एक युवकमा कोरोना देखिएको छ। २५ वर्षीय युवकमा कोरोना पुष्टि भएको नगरपालिकाका मेयर रविन राईले जानकारी दिए ।

संक्रमित युवक गत शनिबार राति भारतको मुम्बईबाट नेपाल आएका थिए। यो सँगै मोरङमा संक्रमितको संख्या ३ पुगेको छ। उनको काकाको परिवार सहित १२ जनालाई स्थानीय मदर्शामा कुरेन्टाइनमा राखीएको छ ।

प्रकाशित मिति: २०२०-०५-१८ , समय : १६:४६:२२ , ४ वर्ष अगाडि