कोरोनाको जोखिम बढेको भन्दै नगरबासीलाई घरमै बस्न नगरप्रमुख राईको आह्वान

Enepal Patra Pvt. Ltd. , ७२९  पटक हेरिएको

प्रशान्त निरौला

लेटाङ, ५ जेठ । लेटाङ नगरपालिकामा हाल २६ शैयाको क्वारेन्टाईन स्थापना गरि तयारी अवस्थामा राखिएको छ । कोभिड १९ को संकास्पद ब्यक्तीलाई क्वारेन्टाईनमा राख्नका लागि क्वारेन्टाईन वनाईएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

हाल सम्म लेटाङमा कोरोना संक्रमित नभेटिएको तर कसैलाई कोरोनाको लक्षण देखिए क्वारेन्टाईनमा राखिने नगरप्रमुख राईले जानकारी दिनुभयो ।
हाल सम्म लेटाङ नगरपालिकामा विदेश बाट आएका , जोखिम क्षेत्र वाट आएका तथा एम्बुलेन्स चालक, प्रहरी गरी ५४ जनाको आरडिटी टेस्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तै नोवेल कोरोना भाईरस ९कोभिड १९० वाट सक्रमितं बढेको बढै भएपछि उच्च सतर्कता अपनाउन लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले आह्वान गर्नुभएको छ ।

विश्वमा ३ लाख बढी मानिसहहरुको मृत्यु भईसकेको छ भने नेपालमा ३०४ जना कोरोना संक्रमित भई २ जनाको मृत्यु समेत भईसकेको र मोरङमा समेत कोरोना संक्रमित भेटिएको साथै लेटाङ नगरपालिकाको छिमेकी जिल्ला धनकुटा तथा झापा जिल्लामा समेत कोरोना संक्रमित भेटिएको र यस रोग सर्ने जोखिम अझ बढिरहेकाले उच्च सतर्कता अपनाउन विश्वमा छरिरएर रहेका नेपाली तथा लेटाङ नगरवावासीलाई अनुरोध गर्नुभएको हो ।
हाललाई कोरोनाको औषधी भनेकै लकडाउनलाई पुर्ण रुपमा पालना गर्नु रहेकाले आफ्ना दैनिक कामहरुलाई थाति राखेर घरमै बसिदिन नगरवासीलाई मेयर राईले आग्रह गर्नुभएको छ । कोरोना तिव्र गतिमा बढीरहेकाले मानिस मानिसको भेटघाटले कोरोना सर्न सक्ने भन्दै यसप्रति सजग रहन आग्रह गर्नुभयो ।

स्वास्थ्यका आकस्मिक सेवा, दुग्ध ब्यवसाय , कृषि कार्य, विकास निर्माणका कामहरु लाई एकठाँउमा बढिमा १० जना सम्म मात्र रहेर सामाजिक दुरी कायम गरी गर्ने र उक्त काम वाहेकका सवै कामलाई हाल स्थगित गर्न उहाँले आफ्ना नगरवासीमा अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति: २०२०-०५-१८ , समय : १४:११:२२ , ४ वर्ष अगाडि