तरुणदलको उदाहरणीय काम , डा. शेखरको खटाईको सर्वत्र प्रशंसा

Enepal Patra Pvt. Ltd. , ५४८  पटक हेरिएको

मोरङ, १९ बैशाख ।  तरुणदलले मोरंगमा विपत्तमा परेका ७ हजार मानिसलाई खाना खुवाएको बिषय चौतर्फी चर्चामा छ । सडकमा विपत्तमा परेका आम सर्वसाधारण र अस्पतालमा उचार गराउन आएका गरिव तथा विपन्न सर्वसाधारणलाई खाना खुवाएको विषयले तरुणलको प्रशंसा बढेको हो । विराटनगरको कोशि अस्पतालमा विमारी लिएर उपचार गर्न आएका विमारी र तिनीहरुका कुरुवा २ हजार ६ सय जना लाई खाना खुवाईएको हो । त्यस्तै नोवेल अस्पतालमा उपचार गराउन आएका विमारी र तिनका कुरुवा गरेर ३ हजार मानिसलाई खाना खुवाएको छ । अन्य बेला सडकमा खाना खान नपाएकाहरुलाई खुवाईएको छ ।
विराटनगर २ का सुभाष कामत भन्छन, जे होस अप्ठारो परेका मान्छेहरुकालागी तरुणदल छ भन्ने सन्देश गएको छ,। त्यसैगरी सो सामाजिक कार्यमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा। शेखर कोईराला दिन रात खटेर सहयोग गर्दै आउनुभएको छ ।
नेपाली काग्रेसको भावी सभापतीको रुपमा हेरिएका डा। कोईरालाको यो खटाईको सवत्र प्रशंसा भएको छ । कोईराला पुर्व सामान्य प्रशासन मन्त्री लालवाबु पंडित संग ६ सय मतको अन्तरले पाराजित हुनुभएको थियो । पंडित काठमाण्डौको आलिशान महलमा सरकारको स्वादलिएर सुतीरहनुभएको छ ।तर मुलुकको मुहार परीर्वतन गर्न डा. शेखर कोईरालाको नेतृत्वको पखाई गरिरहेको विराटनगर ५ का पारस पौडेलको बुझाई छ । त्यतीमात्र होईन कांग्रेसजनले समेत काग्रेसको नेतृत्व गरेको हेर्ने ईच्छा व्यक्त गरेको स्थानीय मनोज कार्कीको भनाई छ । सो कार्यक्रममा तरुणदल मोरंगका अध्यक्ष संञ्जय थापा, कोषाध्यक्ष अनिल लक्ष्मी रिजाल, सासंद विन्दिया कार्की, तरुणदल विराटनगर सभापती सन्तोस न्यौपाने , तरुदलका युवा नेता मनिस तिम्सीना लगायतको सहभागिता छ ।खाना खुवाउने कार्यक्रम गत चैत्र १५ गते देखि शुरु भएको हो । अझै निरन्तर चलिरहेको छ । लक डाउन लम्बीए अझै खुवाउने कार्यक्रम लम्बिन सक्ने अध्यक्ष संञ्जय थापाको भनाई छ ।

प्रकाशित मिति: २०२०-०५-०१ , समय : ०८:५७:४५ , ४ वर्ष अगाडि