डा. प्रमोद सुवेदी र डा. कृतिका पौडेल

अङ्ग्रेजी वर्ष २००२ तिर दक्षिण चीनमा देखिएको सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस–१ (सार्स–कोभ–१), अनि २०१२ मा पश्चिम साउदी अरबमा भेटिएको मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स) जस्तै २०१९ को अन्तिम साता मध्य चीनमा अवस्थित हुबेई प्रान्तमा छातीमा सङ्क्र्रमण भएका बिरामीको सङ्ख्या अचानक बढ्न थाल्यो ।

त्यसको एक साता पनि बित्न नपाउँदै त्यो सङ्क्रमण नयाँ (नोबल) कोरोना भाइरस सिभिएर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोना भाइरस—२ (सार्स–कोभ–२)ले भएको तथ्य फेला पर्यो । सामान्य बोलीचालीको भाषामा उक्त भाइरसलाई कोरोना भाइरस र यसले निम्त्याएको छातीको समस्यालाई कोरोना भाइरस डिजिज (कोभिड–१९) नामबाट पनि बुझ्ने गरिन्छ । इबोला, रेबिज, अनि रुघाखोकी निम्त्याउने इन्फ्लुएन्जा जस्तै (सार्स–कोभ–२) एउटा आर.एन.ए भाइरस हो ।

सुरुवातमा यो भाइरस एक मानिसबाट अर्को मानिसमा सर्न सक्ने अथवा यति छिटै विश्वभरी आफ्नो सञ्जाल फैलाउन सक्नेबारेमा कसैलाई पनि अनुमान थिएन । यो लेख तयार पार्दा (बैशाख १५ गते) सम्म नोबल कोरोना भाइरसले विश्वका २१० देशहरूमा आफ्नो सङ्क्रमण फैलाइसकेको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लु।एच।ओ० का अनुसार यो भाइरसको सङ्क्रमणहालसम्म करिब ३० लाखभन्दा बढिमा देखिइसकेको छ भने २ लाख ८ हजार जतिको मृत्यु भइसकेको छ ।

कोरानाबारे केही तथ्यहरु

१. नोबल कोरोना भाइरसको नाम आफ्नै कोषको बनावटबाट आएको हो । ल्याटिन भाषामा कोरोना को अर्थ क्राउन हुन्छ । शक्तिशाली माइक्रोस्कोपबाट हेर्दा भाइरसको कोष वर्तुल (गोलो) आकृतिको हुन्छ । त्यसको वरिपरि भाइरसका प्रोटिनहरू काँढाजस्तै गरि निस्केका हुनाले यसको नाम कोरोना राखिएको हो ।

२. नोबल कोरोना भाइरस एक सूक्ष्म भाइरस हो जसको आकार १५० देखि १६० नानोमिटर हुन्छ । यो नाप कपालको रौँको व्यासको करिब १००० गुणा सानो हो ।

३. प्राय जसो कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीलाई आक्रमण गर्दछन् । त्यसैले धेरैजसो मानिसमा लाग्ने कोरोना भाइरसका सङ्क्रमणहरू जनावरसँगको सम्पर्कबाट हुने गरेको पाइन्छ । उदाहरणका लागि, कोरोना भाइरस परिवार भित्रै पर्ने मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस ९मर्स–कोभ०ऊँटबाट मानिसमा सरेको थियो भने सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस–१ (सार्स–कोभ–१) बिरालोबाट मानिसमा सरेको थियो । त्यसैगरि अहिले कोलाहल मच्चाइरहेको सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस–२ (सार्स–कोभ–२) चमेरो तथा सालक (लामो मुख भएको कमिला खाने जनावर) बाट मानिसमा सरेको अनुमान गरिएको छ ।

४. कोरोना भाइरसले मानिसमा सङ्क्रमणगर्न सक्छन् भन्ने कुरा सर्वप्रथम १९६०को दशकमा पत्ता लागेको थियो ।

५. मानिसलाई सङ्क्रमणगर्ने कोरोना भाइरस परिवारमा ६ वटा सदस्य ९स्पेसिस०हरू छन्, जसमध्ये ४ स्पेसिसले सामान्य रुघाखोकीका लक्षणहरू देखाउँछन् भने २ स्पेसिस (मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस–१) ले जटिल समस्या निम्त्याउँछन् । हालसालै पत्ता लागेको सातौँ सदस्य सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस–२ प्रजातिले पनि जटिल समस्या निम्त्याउने देखिएको छ ।

६. कोभिड–१९ मा ‘को’ भन्नाले कोरोना, ‘भि’ ले भाइरस, ‘ड’ ले डिजिज अनि १९ को अर्थ सन् २०१९(समस्या पत्ता लागेको वर्ष) हुन्छ ।

७. हालसालै अमेरिकामा गरिएको अनुसन्धानबाट कोरोना भाइरस २४ घण्टासम्म कार्डबोर्ड र ७२ घण्टासम्म प्लास्टिक तथा स्टिलको सतहमा सङ्क्रमण गर्न सक्ने अवस्थामा रहने पत्ता लगाइएको छ ।

८. प्राय जसो भाइरसहरू तातोमा भन्दा चिसोमा लामो समय बाँच्ने गर्दछन् । अहिलेसम्म ठ्याक्कै नोबल कोरोना भाइरस र मौसमको सम्बन्ध प्रमाणित भइ नसकेको भए पनि, भाइरसको बाहिरी तहको बनावटलाई हेर्दा कम तापक्रममा यो भाइरस छिटो फैलिने अनुमान गरिएको छ ।

९.सङ्क्रमित व्यक्तिले खोक्दा तथा हाच्छिँउ गर्दा निस्कने छिटा हुदै यो भाइरस स्वासप्रस्वास प्रणालीका अङ्ग जस्तै नाक र मुखका सतही कोष हुदै स्वस्थ मानिसको शरीरमा प्रवेश गर्दछन् । सुरुमा भाइरसले स्वासप्रस्वास प्रणालीको माथिल्लो भाग जस्तै कण्ठमा सङ्क्रमण गर्दछ । त्यसैले हामीलाई रोगको प्रारम्भिक अवस्थामा नाक तथा घाटी चिलाउने, सिगान बग्ने अनि खोकी लाग्नेजस्ता समस्या देखिन थाल्दछन् । त्यसपछि भाइरस स्वासप्रस्वास प्रणालीको तल्लो भाग जस्तै फोक्सोभित्र प्रवेश गर्दछ । फलस्वरूप हाम्रो फोक्सो सुन्निन गई निमोनिया लाग्दछ ।

१०. अमेरिकास्थित कोल्ड स्प्रिङ हार्वर ल्याबमा गरिएको अनुसन्धानमा चुरोट सेवन गर्ने बिरामीमा नोबल कोरोना भाइरसलाई स्वासप्रस्वास प्रणालीका कोषहरूसँग जोडिन चाहिने प्रोटिनहरू (एसिई–२ रिसेप्टर) बढी मात्रामा बन्न सक्ने पाइएको छ । फलस्वरूप बढि चुरोट सेवन गर्ने बिरामीलाई यो भाइरसले आक्रान्त पार्ने देखिएको छ ।

११. सङ्क्रमित व्यक्तिले एकपटक खोक्दा तथा हाच्छिउँ गर्दा करिब तीन हजार जति भाइरस बोकेका छिटाहरू बाहिर निस्किन्छन् ।

१२. हालसालै चीनको ग्वाङ्झाउस्थित एक अस्पतालमा गरिएको अनुसन्धान अनुसार, नोबल कोरोना भाइरस दिसामा पनि लामो समयसम्म सङ्क्रमित अवस्थामा रहन सक्ने पाइएको छ । यसैगरि साङ्घाईस्थित जीओ टोङ विश्वविद्यालयको अनुसन्धानले यो भाइरस पाचन प्रणालीका कोषहरूबाट अरु निरोगी मानिसमा पनि सर्नसक्ने प्रक्षेपण गरेको छ ।

१३. शरिरमा प्रवेश गरेपछि भाइरस सङ्क्रमणको पहिलो संकेत देखिन कम्तिमा २–१४ दिनसम्म लाग्न सक्छ । यसो भन्दै गर्दा चीनको हुबेई प्रान्तका एक बिरामीमा २७ दिनपछिमात्रै सङ्क्रमण भएको भेटिएको थियो । त्यसैले रोगको पहिलो सङ्केत देखिने समय बिरामीको रोगसँग लड्ने क्षमतामा र्निभर हुन्छ ।

१४. अप्रिल १५ मा चीनको राष्ट्रिय स्वास्थ्य परिषदले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार चीनमा ६७६४ वटा लक्षण नदेखिने ९असिम्प्टोमेटिक० कोरोना पोजेटिभ केसहरू भेटिएको जनाएको थियो । यस्ता बिरामीहरूले आफूलाईकोरोना सङ्क्रमण भएको थाहा नपाउने हुनाले उनीहरूबाट अन्य स्वस्थ मानिसहरूमा पनि सरेको हुनसक्ने अनुमान गरिएको छ । तथापि विस्तृत अनुसन्धान हुन बाकि नै छ ।

१५. ज्वरो आउनु, खोकी लाग्नु, श्वास फेर्न गाह्रो हुनु, थकान महसुस हुनु नोबल कोरोना भाइरसका लक्षणहरु हुन् । तसर्थ कोहि व्यक्तिमा यी लक्षण देखिएमा तुरुन्त डाक्टरको परामर्श लिन अत्यावश्यक छ ।

१६. भाइरसको वंशाणु परिवर्तन छोटो समयमा हुन्छ । उदाहरणका लागि रुघाखोकी लाग्ने इन्फ्लुएन्जा भाइरस हरेक वर्ष फरक प्रजाति बनेर आउछ । त्यसैले गर्दा रुघाखोकीको अहिलेसम्म खोप या औषधी बन्न सकेको छैन । यसैगरि नोबल कोरोना भाइरसले पनि समयसँगै आफ्नो वंशाणुगत बनावटलाई परिवर्तन गरेको पाइएको छ । गत जनवरीमा पहिलो वंशाणुगत कोडको सिक्वेन्स सार्वजनिक भएलगत्तै अहिलेसम्म करिब ३००० बिरामीबाट पत्ता लगाइएकोे भाइरसको वंशाणुगत सिक्वेन्सहरू सार्वजनिक भएका छन् । सिक्वेन्सहरूको अध्ययनबाट नोबल कोरोना भाइरसका धेरै प्रजातिहरू (भेरिएन्ट्स) पत्ता लागेका छन् । जस्तै अमेरिका तथा अस्ट्रेलियामा फैलिएको भाइरसको प्रकार ए (भेरिएन्ट ए), चीनमा बि (भेरिएन्ट बी) अनि युरोपमा सि (भेरिएन्ट सी) रहेको पाइएको छ ।

लेखकद्वय

डा. प्रमोद सुवेदी (पि.एच.डि., बायोकेमेस्ट्री एण्ड जेनेटिक्स, ला ट्रोब युनिभर्सिटी, अष्ट्रेलिया)
डा. कृतिका पौडेल (पि.एच.डि.,कम्युनिटि हेल्थ नर्सिङ्ग,होक्काइडो युनिभर्सिटी, जापान)

 

गाेरखापत्र अनलाईन वाट

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.