मौखिक विधेयक फिर्ता बिस्वास गरिन्न : मोरङ कांग्रेस  

सहयोगमा एक जुट हुन आग्रह

Enepal Patra Pvt. Ltd. , ८१६  पटक हेरिएको

बिराटनगर, १२ बैशाख  ।  सरकारले निरंकुस शैलीबाट ल्याएको अध्यादेश राजपत्रमा प्रकाशित गरेर र्फिता नलिएसम्म बिस्वास गर्न नसकिने मोरङ काग्रेसले बताएको छ ।अध्यादेश फिर्ता र कोरोना प्रभावीतहरुको सहयोगमा एक जुट हुन आग्रह गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै शुक्रबार मोरङ काग्रेसका सभापती डिग बहादुर लिम्बुले दलहरु टुक्राउन अध्यादेश ल्याउने प्रधानमन्त्रीको बिस्वास गर्न नसकीने बताउदै अध्यादेश फिर्ता भएको सुचना राजपत्रमा प्रकाशित नभए सम्म विस्वास गर्न नसकिने बताएका हुन ।

सो ज्ञापनपत्र बुझाउन नेपाली काग्रेस प्रदेश न. १ का प्रमुख सचेतक केदार कार्की, लेखासमिति संयोजक शिवनारायण सिंह गनगाई , मोरङकाग्रेसका उपभापती भक्तीनाथ माझी, सचिवहरु नगेश कोईराला, मोदराज घिमिरे, जिल्ला सदस्य राजुमास्के, तरुणदल मोरङका सभापती संञ्जय थापा, कोषध्यक्ष अनिल लक्षमी रिजाल, काग्रेस विराटगनर सभापती अरुण न्यौपाने लगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

प्रकाशित मिति: २०२०-०४-२४ , समय : १६:५३:४३ , ४ वर्ष अगाडि