मोरङ कांग्रेसले भन्यो : जनताका अप्ठारोलाई सहज बनाउ

सिमा क्षेत्र अझै कडाई गर्न जोड

Enepal Patra Pvt. Ltd. , ११५९  पटक हेरिएको

बिराटनगर । विश्व यतिखेर कोरोना भाईरसको औषधि पत्तालगाउन लागीपरेको छ । चीन, अमेरीका, क्यानडा, जस्ता मुलुकले कोरोना भाईसरको औषधि परिक्षण थालिसकेका छन । यो औषधि परिक्षण सफल हुन्छ या हुदैन त्यो भन्न सक्ने अवस्था छैन । अरु भन्दा हाम्रो नेपाल फरक छ । कोरोनाको माहामारीमा सबै एक भएर लड्ने बेला सरकार संञ्चालन गर्नेहरु जुगाँको लडाईमा केन्द्रित छन । यसको असर जनतामा परेको छ । यो बेला विपन्न मानिसहरु खान नपाएर छटपटाईरहेका छन । घर जना नपाएका हरु काखे नानी च्यापेर आकाशमुनी रात विताई रहेका छन । तर सरकार टुलुटुलु हेरि रहेको छ । तर सरकार आफु बलियो बन्न विभिन्न अध्यादेश ल्याएर जनताको अधिकार खोसिरहेका छन । के यहि अध्यादेश हो त रु नेपालमा कोरोनाको औषधि प्रश्न उब्जीएको छ रु सरकारले जनता जोगाउनमा भन्दा आफ्नो स्वार्थ कसरी पुर्ती हुन्छ भन्ने मौका हेरि रहेको छ । तर कांग्रेसले सधै यसको खबरदारी गरेको छ । त्यसैले मोरङ काग्रेसको आजको बैठकले सरकारलाई विभिन्न सुझाव दिएको छ ।कोरोना भाइरसले विश्व आक्रान्त बनाईरहेको बेला रोकथामकालागी सबै कार्यकतालाई एक जुट हुन मोरङ काग्रेसले आग्रह गरेको छ ।

सभापती डिगबहादुर लिम्बुले भारत संग जोडिएको नेपालका सिमा क्षेत्र अझै व्यवस्थित बनाउनु पर्ने उल्लेख गर्दै लकडाउनलाई व्यवस्थित तरीकाले खुकुलो बनाउनुपर्ने बताएका छन ।जन गुनासो बढेपछी सभापती लिम्बुले जोखिम क्षेत्रको बर्गीकरण गरेर लकडाउन खुकुलो बनाउनुपर्ने विचार व्यक्त गरे । काग्रेस मोरङको विराटनगरमा उपलब्ध पदाधिकारी तथा जिल्ला सदस्यहरुको बैठले दिएको सुझावका आधारमा लिम्बुले कोरोना परिक्षण व्यवस्थित गर्न सरकारको ध्यान आकर्षण गराए । चोरबाटोबाट सरकारले ल्याएको अध्यादेशलाई राष्ट्रपती विद्याभण्डारीले पार्टी प्रवक्ता जस्तो गरेर प्रमाणीकरण गरेकोमा विरोध जनाए । संबैधानिक परिषद्को विषयमा आएको अध्यादेशलाई काग्रेस विरुद्धको चुनौती भएको आरोप लगाए । उनले भने,‘ त्यो काग्रेसलाई दिएको चुनौती हैन लोकतन्त्रलाई दिएको चुनौती हो त्यसैले जनता सन्तुष्ट छैनन,‘ ।

नेपाली कांग्रेसका मोरङका जिल्ला सदस्य तथा विद्यार्थी शाखा प्रमुख राजुमास्केले मुलुक कोरोनाले आक्रान्त भईरहेकोबेला राज्यले कृषी उद्योग , शिक्षा क्षेत्रको अर्थतन्त्रलाई सुधारगर्न नयाँ रणनिति बनाउनुपर्ने विचार व्यक्त गरे । किसान, मजदुर , पिछडावर्ग, श्रमजिवी तथा विपन्न वर्गहरु र विभिन्न जातजाती भाषा, धर्म, संस्कृती र समुदायका मानिसहरुलाई राहात हुनेगरी कार्यक्रम ल्याउन जोडदार माग गरे । त्यसैगरी सुरक्षाकर्मी , स्वस्थ्यकर्मी, संञ्चारकर्मीहरुको यथेस्ट सुरक्षा सामाग्रीहरु चाँडो उपलब्ध गराउनुपर्ने सुझाए ।
बैकको ऋणीहरु र घर बाहालमा बस्नेहरुको विषयमा सरकारले ध्यानदिनुपर्ने र त्यसवापत बैक, घरधनीलाई सहुलियत दिनुपर्ने धारण व्यक्त गरे । सरकारले विद्यार्थीहरुकालागी पढ्ने वातावरण र संगठित तथा असंगठित क्षेत्रका मजदुर तथा विपन्न वर्गका सर्वसधारणहरुलाई परिरहेको समस्याको संम्बोधन गर्न सरकार संग माग गर्न सुझाए । दैविक विपत्ति तथा प्राकृतिक प्रकोपहरु बेला बेलामा आउने जाने भएकाले त्यसको प्रभावकारी व्यवस्थापनको पुर्व तयारी गनुपर्ने धारण राखे । उनले कांग्रेसको केन्द्रिय अधिवेशनको तयारीकोलागी पार्टी समायोजन र क्रियाशिलहरुको नामावली जतिसक्दो चाँडो केन्द्रमा पठाउन सुझाव दिए ।

त्यसैगरी काग्रेस मोरङका उपसभापती भक्तीनाथ माझीले पार्टीको क्षेत्र , गाँउ ,नगर, र वडाहरुलाई संरचना अनुसार प्रतिनिधिमुलक रुपमा परिचालन गरेर राहात वितरण गर्ने व्यवस्था मिलाउन सुझाए । सरकारले ल्याएको दुईवटा अध्यादेशको विरोधमा काग्रेस केन्द्रले गरेको निणर्यलाई जिल्लाले समर्थन गर्दै बिज्ञप्ति निकालेर विरोध गर्न सुझाव दिए ।

नेपाली कांग्रेसका उपसभापती तथा प्रदेश न। १ का लेखासमिति संयोजक शिवनारायण सिंह ९गनगाई०ले कोरोनाले प्रभावित क्षेत्रका किसानहरुलाई उत्पादन क्षेत्रमा प्रयोगगरिने कृषिजन्य सामाग्रीहरु सहुलियतमा उपलब्ध गराउनुपर्ने सुझाब दिए । लकडाउनकाकारणले बन्द उद्योगहरुलाई सहुलियत प्रदान गनुपर्ने धारण राखे । उनले त्यो उद्योगमा काम गर्दै आएका मजदुरहरुलाई उद्योगको तर्फबाट खाईपाई आएको सुविधा नकटाउन सुझाव दिए ।

त्यसैगरी जिल्ला सदस्य रमानाथ भट्टराईले सरकारले बेमौसमको बजा बजाएर सुकुम्बासी समस्या समाधानका नाममा करोडौ खर्च गर्न कार्यकर्ता भर्ती गरेको बताउदै प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको विद्येक प्रती आपत्ती जनाए । उनले विपत्तीको बेलामा सबै एक भएर लाग्नुपर्ने बेलामा प्रधानमन्त्रीले मौका छोपेर पार्टीका कार्यकर्ता भर्ती गर्न राज्यको ढुकुटी रित्याएका आरोप लगाए ।

त्यसैगरी टेड्रयुनियन काग्रेसका पुर्व सह–कोषाध्यक्ष जर्नादन निरौलाले स्थानिय स्तरको समस्या र राष्ट्रिय स्तरको समस्यालाई वर्गीकरण गरेर समाधान गर्न सुझाव दिए । उनले स्थानिय स्तरमा बाँड्ने राहातहरु खाद्य तथा गुणस्तरनियन्त्रण कार्यलयको परिक्षणपछीमात्र राहात सामाग्री वितरण गर्नु पर्नेमा जोड दिनुभयो । कोरोना संक्रमितहरुको हटस्पोर्ट नबनेका ठाँउका मानिसहरुको जनजिवन निक्कै कस्टकर बनेको बताउदै लकडाउन खुकुलो बनाउनु पर्ने साथै काम बिशेषले विभिन्न ठाँउमा बस्दै आएका सर्वसाधारणलाई राज्यले गन्तवय सम्म पुर¥याउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा मोरङकाग्रेसका जिल्ला सदस्य राजेश गुप्ताले कोरोना रोकथामकालागी भ्याक्सीन ननिस्कीएको बताउदै
यसबाट सुरक्षीत रहन सुझाव दिए । उनले सामाजिक दुरी कायम गर्दै लकडाउनलाई व्यवस्थित गनुपर्ने सुझाव दिए । नेता गुप्ताले सबै लाई सुरक्षीत रहन कांग्रेसले प्रतिनिधि मुलक तरीकाले भुमीका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा काग्रेस मोरङ सचिव नागेश कोईरालाले लकडाउनलाई खुकुलो बनाउनुपर्ने सुझाव दिए । बैकहरुले व्यपारीहरुलाई सहुलियत उपलब्ध गराउन माग गरे । कार्यक्रममा काग्रेस मोरङका अर्का सचिव मोदराज घिमिरेको सहभागिता थियो । सचिव घिमिरेले बैठकमा बोलेनन । त्यसैगरी जिल्ला सदस्यहरु संजय मण्डल , सुरज मिश्रा, सवबिर अहमद र आमन्त्रीत जिल्ला सदस्य वसन्त हुमागाँइ लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति: २०२०-०४-२३ , समय : १५:५०:४४ , ४ वर्ष अगाडि