लेटाङ नगरपालिकामा कोरानाको र्यापिड टेस्ट , सवैको रिपोर्ट नेगेटिभ

Enepal Patra Pvt. Ltd. , ७२१  पटक हेरिएको

लेटाङ, ७ बैशाख । लेटाङ नगरपालिकाद्धारा आज गरिएको १२ जनाको कोरोना र्यपिड टेस्टमा सबैको नेगेटिभ रिपोर्ट आएको छ ।

विदेश वाट आएर होम क्वारेन्टाईनमा बसिरहेका, नेपालकै जोखिमयुक्त ठाँउमा पूगेर आएका ४८ जना मध्येवाट आज १२ जनाको र्यापिड टेस्ट गरिएको थियो । उनिहरु सवैको रिजल्ट नेगेटिभ आएपछि सवैजना घर गएका छन् । टेस्ट गरेर रिजल्ट नेगेटिभ आएतापनि उनिहरुलाई अझै पनि ७ दिन सम्म सुरक्षित भएर होम क्वारेन्टाईनमा वस्नका लागि अनुरोध गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनभयो । मेयर राईका अनुसार विदेश वाट भर्खरै आएका तथा लकडाउ हुनु भन्दा केही समय अघि नेपालका विभिन्न ठाँउ घुमेर आएका मुस्लिम समुदायका केही ब्यक्तिहरुलाई समेत र्यापिड टेस्ट गरिएको छ ।
आज १२ जनाको टेस्ट गरिएको छ भने भोली मिति २०७७ बैशाख ८ गते १० बजे देखि परिक्षण गर्न वाँकी मानिसको र्यापिड टेस्ट गरिने नगरप्रमुख राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२०-०४-१९ , समय : १४:०७:४५ , ४ वर्ष अगाडि