जेसिजले दियो २ सय केजी सोयाविन

Enepal Patra Pvt. Ltd. , ६५९  पटक हेरिएको

लेटाङ २३ चैत । कोरोनाको संक्रमणका कारण देश लकडाउनको अवस्थामा हुँदा लेटाङका अति विपन्न जनताहरुले राहत पाउन् भन्दै लेटाङ जेसिजले २ सय केजी सोयाविन लेटाङ नगरपालिकामा हस्तान्तरण गरेको छ ।
आज लेटाङ जेसिजले लेटाङ नगरपालिकामा २ सय केजी सोयाविन दिईएको लेटाङ जेसिजका अध्यक्ष सुदेश वस्तीले वताउनुभयो । कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै एकद्धार प्रणालीवाट राहत जनताको घरमा पूगोस भनि उक्त खाद्यान्न सामाग्री नगरपालिका मार्फत वितरण गरिएको वस्तीले वताउनुभयो ।

कोभिड १९ का कारण जनता आतंकित भईरहेका वेला लेटाङ जेसिजले आफ्नो नगरका जनताका लागि सहयोग गरेको भन्दै नगरप्रमुख शंकर राईले जेसिसलाई धन्यावाद समेत दिनुभएको थियो ।

प्रकाशित मिति: २०२०-०४-०५ , समय : १६:१०:२५ , ४ वर्ष अगाडि