बिपद कोषमा २८ लाख जम्मा, नमुना सामुदायिक बनद्धारा ठुलो रकम सहयोग

Enepal Patra Pvt. Ltd. , ७२२  पटक हेरिएको

लेटाङ २३ चैत । नमुना सामुदायकि बन उपभोक्ता समुह लेटाङ ३ ले लेटाङ नगरपालिकाले स्थापना गरेको नगर स्तरिय राहत कोषमा १ लाख १४ हजार ७ सय ११ रुपैया रकम जम्मा गरेको छ । उक्त सामुदायिक बनका अध्यक्ष गोपाल चौलागाँईले आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राईलाई चेक हस्तान्तरण गर्नुभयो ।
विश्वभरी कोभिड १९ को महामारी फैलिरहेको अवस्थामा नेपाल सहित विश्वका अधिकांस देशहरु लकडाउनमा छन् भने लेटाङ नगरपालिकाले समेत लकडाउनलाई कडाईका साथ पालना गर्न गराउन लागिरहेको छ ।
लकडाउनको अवस्थामा दैनिक ज्यालादारी , अति विपन्न परिवारलाई खानाको समस्या हुन नदिनका साथै भैपरी आउने अन्य समस्या समाधानका लागि नगरपालिकाले राहत कोषको स्थापना गरेको गरेको छ ।
उक्त कोषमा रकम जम्मा हुने क्रम जारीरहेको र यस कोषमा रकम जम्मा गर्नका लागि सवै संग नगरपालिकाले आग्रह गरिरहेको छ । रकम जम्मा गर्नका लागि नगरले खोलेको राष्ट्रिय बाणिज्य बैक लेटाङको खाता नं. मा हाल्न सक्ने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
उहाँको अनुसार लेटाङ नगरपालिकाले २० लाख , नगरपालिकाका जनप्रतिनिधीहरुले ६ लाख ९४ हजार र नमुना सामुदायिक बनको तर्फवाट १ लाख १४ हजार ७ सय ११ रुपैया गरि २८ लाख ८ हजार ७ सय ११ रुपैया कोषमा जम्मा भईसकेको र अझै कोषमा जम्मा हुने क्रम रहेको वताउनुभयो । राहत कोषमा रकम जम्मा गर्न चहानेले कोषको खातामा जम्मा गर्न सक्नेछन भने जिन्सी सामान वडा कार्यालय तथा नगरपालिकामा जम्मा गर्न सकिने समेत वताउनुभयो ।

प्रकाशित मिति: २०२०-०४-०५ , समय : १३:१२:४५ , ५ वर्ष अगाडि