स्वाब नमूना लिन गएको विमान दुर्घटना

Enepal Patra Pvt. Ltd. , ४८२  पटक हेरिएको

काठमाडौं, १५ चैत । कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका व्यक्तिको स्वाब नमूना लिन गएको विमान दुर्घटनामा परेपछि उक्त नमूना लिन अर्को बिमान जाने भएको छ।

पर्यटनमन्त्री योगेश भट्टराईले ट्विटर मार्फत उक्त जानकारी गराएका हुन्। उनले यो संकटको घडिमा काम गर्ने चालक दलका सदस्यहरुलाई धन्यवाद पनि दिएका छन्।

उनले ट्विटरमा लेखेका छन् ‘बिरामीका नमुना लिन गएको नेपाल एयरलाईन्सको जहाज नेपालगन्जमा सामान्य दुर्घटना भएको छ । नमुना लिन अर्को जहाज तुरुन्त जाँदै छ । असामान्य अवस्थामा काम गर्नुहुने चालकदलका सदस्य र कर्मचारीहरुलाई हार्दिक धन्यवाद छ ।‘

नेपालगञ्ज विमानस्थलमा नेपाल वायुसेवा निगमको विमान दुर्घटनाग्रत भएको थियो । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा नाइन एन एकेयु विमान अवतरणका क्रममा चिप्लिएको हो ।

विमान धावन मार्गबाट ८० मिटर पर पुगेको वडा प्रहरी नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरि बस्नेतले जानकारी दिएका थिए।

कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका व्यक्तिको स्वाव नमूना लिन आएको विमान दुर्घटनामा परेको हो ।

दुर्घटनाबाट कसैलाई केही भएन । चालक दलका तीन र दुई जना चिकित्सक सकुसल भएको बताइएको छ । विमानमा औषधिसमेत रहेको थियो ।

प्रकाशित मिति: २०२०-०३-२८ , समय : १८:४७:४४ , ४ वर्ष अगाडि