बजार अनुगमन ,ग्याँसको सहज आपूर्ती छैन

Enepal Patra Pvt. Ltd. , ६३५  पटक हेरिएको

लेटाङ, १० चैत । लेटाङ नगरपालिकाले लेटाङ बजारको अनुगमन गरेको छ । आज लेटाङ ३ र ४ मा रहेका किराना पसल तथा औषधी पसलहरुको अनुगमन गरिएको लेटाङ नगरपालिकाका योजना शाखा प्रमुख तथा अनुगमन टोलीका संयोजक भुपेन्द्र खनालले जानकारी दिनुभयो ।
पसल राखिएका सामानको मुल्यु सुची ,पसलको नामको साईनवोर्ड , ब्यवसाय दर्ता नविकरण , नापतौल प्रमाण, लेवल खुलाउनुपर्ने कुराहरु स्पष्ट उल्लेख भए नभएको , म्याद नाघेको सामाग्री , स्थायी लेखा नं. प्यान÷भ्याट दर्ता , विल दिने प्रक्रिया भए नभएको , मिठाईको गुणस्तर लगायत पक्षहरु सन्तोषजनक, ग्याँसको तौल, मुल्य , ग्याँसको अभाव लगायतका कुराहरु जाँच गरिएको खनालले जानकारी दिनुभयो । अनुगमनका क्रममा म्याद नाघेका सामाग्री जफत गरि जलाईएको छ । अनुगमनका क्रममा सानो परिमाणमा म्याद सकिएका सामाग्री भेटीएकाले उनिहरुलाई चेतावनी दिईएको र पून यस्तो भेटिए कारवाही गरिने खनालले वताउनुभयो ।
हाल ग्याँस वाहेक सवै खाद्यन्न सामाग्रीको सहज उपलव्धता रहेको समेत उहाँले वताउनुभयो । ग्याँस आपुर्तीमा भने विगत २ महिनादेखिनै पर्याप्त ग्याँस ढुवानी नभएको र ग्याँस कम्पनीहरुले सहज आपुर्ती नदिएकाले यस्तो भएको ब्यवसायीहरुले प्रतिक्रिया दिएका छन् ।
भोली लेटाङ २ बुधवारे वजारको अनुगमन गरिने र सम्भव भए सम्म जाँते क्षेत्रका ब्यवसायको अनुगमन गरिने खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२०-०३-२३ , समय : १६:५७:१८ , ४ वर्ष अगाडि