पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरवाट सार्न नदिने, दल-बल सहित आन्दोलन हुने

Enepal Patra Pvt. Ltd. , ९७७  पटक हेरिएको

विराटगर, १ चैत्र । पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रीय कार्यालय विराटनगरमै राख्नुपर्ने माग सहित नेपाली कांग्रेस विराटननगर र समाजवादी पार्टीले वृहत अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिवार विराटनगरमा भएको अन्तरक्रियामा विभिन्न सामाजिक संघ,संस्था,नागरिक अघुवा तथा राजनैतिक ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले विराटनगरबाट पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय अन्यत्र सारिए सशक्त आन्दोलन गर्ने पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य केदार कार्कीले पूर्वाञ्चल विश्वविद्यालय सार्ने सडयन्त्रको पहिलो शुरुवात भएको र विस्तारै विराटनगरका हरेक संरचनाहरु यसरीनै सर्दै जाने बताए । उनले गलत कामको विरोध गर्न आन्दोलित हुनुको विकल्प नभएको बताए ।

प्रदेशसभा सदस्य तथा समाजवादीका नेता जयराम यादवले अहिलेको सरकारले विराटनगरको ऐतिहासिकता मेटाउने काममा उद्धत भएको आरोप लगाए । राजनैतिक ,सामाजिक र ऐतिहासिक उपलब्धिका विषय यथावत राख्न नसके विराटनगरको महत्व घट्ने बताए ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगरको गौरव मास्न खोज्ने कुनै पनि कुरा विराटनगरवासीलाई मान्य नहुने बताए । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय यथावत राख्न विराटनगरका आमबुद्धिजिवि ,शुभचिन्तकहरुमा आग्रह गरे ।

नेपाली कांग्रेस महानगर समितिका कार्यवाहक सभापति अरुण न्यौपानेले बिश्वविद्यालयको विधानमासमेत केन्द्रीय कार्यालय विराटनगरमा रहने उल्लेख भएको तर त्यसलाई संशोधन गरि गोठगाउँमा लैजाने षडयन्त्र भएको भन्दै आन्दोलनमा उत्रन आबश्यक भएको बताए ।

यस्तै समाजवादी पार्टी विराटनगरका कार्यबाहक अध्यक्ष मो ।नसरुलले निर्णय तत्काल खारेज नभए सशक्त आन्दोलनमा उत्रने बताए । बर्तमान सरकार विराटनगरको पहिचान मेटाउने काममा लागेको भन्दै विरोध जनाए ।

राष्ट्रियसभाले पारित गरिसकेको शिक्षा सम्बन्धी केही नेपाली ऐन सशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाले पारित गरे पछि विधेयकको दफा ७ उपदफा २ मा बिश्वविद्यालय केन्द्रीय कार्यालय मोरङको सुन्दरहरैचा नगरपालिकाको गोठगाउँमा रहने उल्लेख गरेको छ । तर यसको विषयमा विराटनगरका आम बुद्धिजीवीहरु सन्तुष्ट छैनन् ।

प्रकाशित मिति: २०२०-०३-१४ , समय : २३:३२:१८ , ४ वर्ष अगाडि