नवलपरासीका सभापति पोखरेललाई पदबाट हटाउनु अवैधानिक : पौडेल

Enepal Patra Pvt. Ltd. , ३८३  पटक हेरिएको

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले नवलपरासीका कार्यवाहक सभापति अर्जुन पोखरेललाई पदबाट हटाउनु अवैधानिक भएको ठहर गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको पौडेल पक्षधरहरुको वैठकले पार्टीले नवलपरासीका कार्यवाहक सभापतिलाई महाधिवेशन पूर्व जिम्मेवारीमै रहेर काम गर्न दिनुपर्ने माग गरेको छ ।

बैठकपछि संचारकर्मीहरुसँग कुरागर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अवैधानिकरुपमा जिम्मेवारीमुक्त गरिएका नवलपरासीका कार्यवाहक सभापतिलाई सोही हैसियतमा काम गर्न पाउनुपर्ने भन्दै निर्णय सच्चाउन पार्टी सभापतिलाई महामन्त्रीले चिठी पठाउने निर्णय भएको बताए ।

बैठकले संस्थापन पक्षले महाधिवेशनपूर्व पार्टी सभापतिले आफु अनुकुल निर्णय गर्दै विधान मिचेको भन्दै विरोध समेत गरेको छ ।

प्रकाशित मिति: २०२०-०३-१२ , समय : १२:०४:१९ , ४ वर्ष अगाडि