सवारी दुर्घटनामा २ जनाको मृत्यु

Enepal Patra Pvt. Ltd. , ४१९  पटक हेरिएको

बिराटनगर, २६ फाल्गुन। सुनसरी र मोरङका २ स्थानमा आईतवार साँझ भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आईतवार साँझ सवा ५ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख ७१८१ नम्बरको तेलको ट्याङकरले सुनसरीको ईनरुवा नगरपालिका ६ घोपाली टोलमा पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय ४८ बर्षीया मोनीमाया गिरीको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा बेलुका सवा ७ बजे मृत्यु भएको हो । ठक्कर दिने ट्याङकर र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ । यसैगरी मोरङको बेलवारी नगरपालिका ९ मा मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ। आईतवार राती साँढे ८ बजेको समयमा बेलवारी ९ नलवारी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे ८ प ५२२८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक बेलवारी नगरपालिका १० का २८ बर्षीय तेज बहादुर धिमालको बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०३-०९ , समय : १०:४५:३२ , ४ वर्ष अगाडि