कारोना भाइरसले भन्दा बढि भ्रष्टचारले सतायो नेपाललाई : डा. संग्रौला

Enepal Patra Pvt. Ltd. , ५४९  पटक हेरिएको

काठमान्डाै, २३ फागुन ।  कांग्रेस सांसद डा.डिला संग्रौलाले कोरोना भाइरसले जसरी नेपालमा भ्रष्टाचारले सताएको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै डा.संग्रौलाले भ्रष्टाचारले सताएको बताएकी हुन् ।

‘जसरी कोरोना भाइरसले सताएको छ,त्यत्तिकै हामीलाई भ्रष्टाचारले पनि सताएको छ । कोरोना भाइरसले जसरी तर्साएको छ, त्यसरी नै भ्रष्टाचारले विप्लाङ्ग बनाएको । यो पनि नेपालको कोरोना नै हो’ सांसद डा।संग्रौलाले भनिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ इच्छाशक्तिका कारण स्वास्थ्यमा अपेक्षित सुधार आएको बताउँदै प्रधानमन्त्री ओलीले शारीरिक समस्या जित्न सफल भए पनि भ्रष्टाचारलाई जित्न नसकेको बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीको दृढ इच्छाशक्तिको कारण शारीरिक रूपमा समस्या जित्न सफल हुनुभएको छ तर भ्रष्टाचारलाइै जित्न सक्नुभएको छैन ।’ डा.संग्रौलाले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप समेत लगाइन् ।

निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिशन बार्गेनिङ गरेको अडियो प्रकरणमा बाँस्कोटालाई प्रधानमन्त्रीले कारबाही गर्नुको सट्टा ढाकछोप गरेको समेत बताइन् । उनले भनिन, ‘सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको भ्रष्टाचार ढाकछोप गर्ने होइन, गोकुल बाँस्कोटालाई कारबाही हुनैपर्छ । यो नेपाली जनताको चाहना हो ।’

प्रकाशित मिति: २०२०-०३-०६ , समय : १२:००:३६ , ४ वर्ष अगाडि