अर्थमन्त्री खतिवडाले दिए राजीनामा

Enepal Patra Pvt. Ltd. , ९२४  पटक हेरिएको

काठमान्डाै २० फागुन। अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएलगत्तै खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएको खतिवडा निकट स्रोतले बताएको छ ।

१४ फागुन २०७४ मा उनले अर्थमन्त्रीका रूपमा कार्यभार सम्हालेका थिए । दुईवर्षे कार्यकाल सकिएपछि राजीनामा दिए पनि प्रधानमन्त्रीले उनलाई पुनः नियुक्ति गर्ने तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि उनले मुख्यसचिवमार्फत राजीनामा बुझाएका हुन् ।

राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सांसद खतिवडाको कार्यकाल सकिएपछि उनको स्थानमा नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्न प्रधानमन्त्रीलाई अनुरोध गरिसकेको छ ।

तर प्रधानमन्त्री भने पार्टीको सिफारिस कार्यान्वयन हुने समय आउनुअघि नै अस्पताल भर्ना भएका छन् ।खतिवडा राष्ट्रिसभा सदस्य नरहे पनि ६ महिनासम्म पुनः मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: २०२०-०३-०३ , समय : १५:५३:५६ , ४ वर्ष अगाडि