पूर्वराजारानीद्धारा कोरोना भाइरसको चेकजाँच

Enepal Patra Pvt. Ltd. , १३९३  पटक हेरिएको

काठमान्डाै, १९ फागुन । विदेशबाट फर्किदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना भाइरसको चेकजाँच गरिएको छ । थाइल्याण्डबाट फर्किदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई अन्तराष्टिय विमान स्थलमा चेकजाँच गरिएको हो ।

पूर्वराजाले कोरोना भाइरसको चेकजाँच गरेको भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक गर्दै उनले विदेशबाट फर्किने सवैलाई कोरोना भाइरसको चेकजाँच गर्न सु्झाव दिएका छन् ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले नेपाललाई उच्च जोखममा राखेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले सवैलाई चेकजाँच गर्न आग्रह गरेका छन् । (ध्ज्इ ले त्रासदीपुर्ण फैलीएको कोरोना भाईरस संक्रमण हुनसक्ने जोखिमयुक्त राष्ट्रमा हाम्रो राष्ट्रलाई समेत सुचिकृत गरेको छ । हामी सबै नेपालीहरुले यस भाईरससंग बच्नकोलागी उपयुक्त स्वास्थ जाँचहरु गर्न र गराउन मद्दत गरौं (भिडियो सार्वजनिक गर्दै पूर्वराजाले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन् ।

विदेशमा नेपाल आउनेलाई त्रिभुवन विमानस्थलमा चेकजाँच गर्न थालिएको छ । कोरोना भाइरस छिमेकी देश चीनमा फैलिएको लामो समयपछि नेपालको विमानस्थलमा चेक जाँच गर्न थालिएको हो ।

प्रकाशित मिति: २०२०-०३-०२ , समय : ११:३७:५४ , ४ वर्ष अगाडि