मोरङमा लोकसेवा तयारी गर्ने महिला बढे

Enepal Patra Pvt. Ltd. , ५७६  पटक हेरिएको

माेरङ १८ फागुन । मोरङमा लोकसेवाप्रति महिलाहरुको आकर्षण बढ्न थालेको छ । बेलबारी नगरपालिकाले सुरु गरेको लोक सेवा तयारी कक्षामा आवेदनभन्दा बढी सहभागी भएका छन् । आइतबारदेखि सुरु गरीएको निःशुल्क तयारी कक्षामा १ सयभन्दा महिला सहमभागी भएका छन् ।

‘५० जना महिलालाई पढाउने गरी नगरपालिकाले २० दिन अगाडि सूचना प्रकाशन गरेका थियौं,’ मेयर ज्ञानेन्द्र सुवेदीले भने माग भन्दा दोब्बर सहभागी भएका छन् । सहभागी सबैलाई पढाउन थालिएको उनले बताए ।

नायब सुब्बाको तयारी कक्षा चलाइएको नगरपालिकाले जनाएको छ । इटहरी, विराटनगर धरानमा गएर मासिक रुपमा २० हजार रुपैयाँसम्म तिरेर सिक्ने गरेका महिलाहरुका लागि यो तयारी कक्षाले राहत मिलेको छ । पैसा तथा समयको बचत भएकाले सिक्न आएकी करुण बुढाथोकीले बताइन् ।

प्रकाशित मिति: २०२०-०३-०१ , समय : १९:२२:५५ , ४ वर्ष अगाडि