भीम रावलको प्रश्न ? यत्रो बहुमतको सरकार छ, कसले घेराबन्दी गर्‍यो ?

Enepal Patra Pvt. Ltd. , ५६२  पटक हेरिएको

कैलाली, १८ फागुन । सरकार र पार्टीका कामप्रति खरोरूपमा प्रस्तुत हुने नेकपा स्थायी कमिटी सदस्य भीम रावल यसपटक कैलाली आएका बेलामा भने सरकार र पार्टीप्रति केही नरमरुपमा प्रस्तुत भए ।

एमसीसीबारे अध्ययन गर्न गठित कार्यदलका सदस्यसमेत रहेका रावलले प्रतिवेदनमा सरकारलाई दिएको सुझावबारे अहिले बोल्न नमिल्ने बताए । ‘यो विषयमा जबसम्म पार्टीको माथिल्लो तह वा सम्बन्धित निकायबाट सार्वजनिक गर्ने, बोल्ने भन्ने हुँदैन, तबसम्म म बोल्दिनँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार घेराबन्दीमा परेको बताइरहेका बेला नेकपा नेता रावलले प्रतिप्रश्न गर्दै भने, ‘अब घेराबन्दी कसले गर्‍यो रु को घेराबन्दीमा पर्‍यो रु यत्रो नेपाल कम्युनिस्ट पार्टीको बहुमतको सरकार छ ।’

प्रस्तुत छ, कैलालीबाट अनलाइनखबरकर्मी भानुभक्त आचार्यले रावलसँग गरेको कुराकानीको सार संक्षेप

नेकपाभित्रका कलहका खबरहरु आइरहेका छन्, यसमा तपाई यसमा के भन्नुहुन्छ ?

स्थायी कमिटीको बैठक भएको छैन । अब व्यक्ति(व्यक्तिका आ(आफ्ना क्रियाकलाप हुन्छन् । ती क्रियाकलापका आ(आफ्ना परिणामहरू हुन्छन् । त्यो हुन सक्छ । तर, पार्टीभित्र भयंकर अन्तर कलह चुलिएर बैठकहरूमा चुच्चो माथि भएको भन्ने होइन । व्यक्ति(व्यक्तिका धारणाहरू, दृष्टिकोणहरू फरक हुन सक्छन् ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिए, यसबारेमा तपाई के भन्नुहुन्छ ?

यो विषय कुनै व्यक्तिको कुरो होइन । मैले संसदमा पनि भनिसकेको छु, कुनै पनि व्यक्तिले भ्रष्ट्राचार क्रियाकलाप गरेको छ भने कसैले उन्मुक्ति पाउने, कसैलाई कारबाही नहुने भन्ने कुरा यो पार्टीगतरूपमा पनि र सरकारी दृष्टिकोणबाट पनि उचित हुँदैन ।
जोसुकै व्यक्ति होस्, यदि निजले गल्ती गरेको छ, भ्रष्ट्राचारजन्य क्रियाकलाप गरेको छ भने त्यो पार्टीको तहबाट पनि र सरकारको निकायको तर्फबाट पनि कारवाही हुनुपर्छ । जुनसुकै व्यक्ति, जनसुकै पदको भए पनि कारवाही हुनुपर्छ । तथ्य प्रमाणले निजले भ्रष्ट्राचार गरेको कुरा अगाडि आइसकेपछि तत्सम्बन्धमा सम्बन्धित व्यक्तिले जिम्मेवारी लिनुपर्छ । यसका लागि सम्पूर्ण पार्टीलाई नै खराब हो भन्न पनि मिल्दैन ।

नेकपाको सरकार पार्टीभित्रैबाट घेराबन्दीमा पर्‍यो भन्न थालिएको छ नि ?

होइन । यो कहाँ कसले घेराबन्दी गर्‍यो रु कि त्यसको तथ्यसहित पार्टीमा छलफल भएपछि थाहा हुने कुरा भयो । अब घेराबन्दी कसले गर्‍यो ? को घेराबन्दीमा पर्‍यो रु मलाई यस विषयमा जानकारी छैन । यत्रो नेपाल कम्युनिस्ट पार्टीको बहुमतको सरकार छ । जनताले यत्रो मत दिएर पठाएका छन् । जनताको जनादेश भन्दा पर गएर पार्टीको निर्णय भन्दा अन्त गएर कसैले कहीँ घेराबन्दी गरेको छ भने, यस्तो कुराहरू आएपछि त्यसमा टिप्पणी गरौंला ।

राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई पठाउने कि अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने विषयमा पार्टीमा ठूलै रस्साकस्सी भएको पाइन्छ । सचिवालय बैठकले गौतमलाई प्राथमिकता दिइरहँदा प्रधानमन्त्रीले खतिवडालाई नै निरन्तरता दिने आशय व्यक्त गरेका छन् । यसले पार्टीभित्र अन्तरकलह बढाउँदै लगेको हो ?

सचिवालयले के छलफल गरेको छ, कसो गरेको छ, उहाँहरूले के गर्नुभएको छ, त्यो मलाई जानकारी छैन । म सचिवालयको सदस्य नभएको हुँदा तपाईजस्तै मैले पनि समाचार माध्यमहरूमा सुनेको हुँ । समाचार माध्यमहरूमा सुनेका आधारमा यसमा म अहिले केही टिप्पणी गर्दिनँ ।

तर, एउटा कुराको स्मरण गराउन चाहन्छु ।

केन्द्रीय कमिटीको बैठक धेरै समयपछि भयो । केन्द्रीय कमिटीमा अध्यक्षद्वयबाट प्रतिवेदन प्रस्तुत गरियो । त्यो प्रतिवेदनमा स्वयं उहाँहरूले यो बैठक ढिलो भएकोमा हामी आत्मालोचित छौँ भन्नुभएको छ । यो पार्टीले आगामी दिनमा त्यस्तो गर्दैन, पार्टी विधि, पद्दतिबाट चल्छ, हामी तपाईंहरूलाई आश्वस्त तुल्याउँछौँ भनेर उहाँहरूले प्रतिवेदनमा भन्नुभएको हो ।

अब जे निर्णय गरे पनि त्यो केन्द्रीय कमिटीको भावना अनुरूपअगाडि जाँदा पार्टीलाई राम्रो होला भन्ने लाग्छ ।

बामदेवलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्न लागिरहेको चर्चा चल्यो । यसबारे माधव नेपालको संयोजकत्वमा कार्यदल नै बनेको थियो‘।

त्यो पनि मलाई जानकारी छैन । नेपालको संविधान संशोधन गर्नेजस्तो कुरा सामान्य होइन । यो साँच्चिकै गर्न खोजिएको भने स्थायी कमिटीमा त आउँला । आयो भने त्यहीबेला भनौंला । अहिले त्यो हेरेको पनि छैन । कसले संशोधन गर्ने हो रु के संशोधन गर्ने हो रु त्यहाँ ९सचिवालयको निर्णयमा० के भाषा लेखेको छ रु मलाई जानकारी छैन ।

म पनि हिजो नेपालको संविधान मस्यौदा समितिको सदस्यको हैसियत राख्थें । एउटा संविधानको मस्यौदा गर्ने व्यक्तिले के भाषा, के धारा, के प्रावधान, त्यो सबै नहेरी यत्तिकै टिप्पणी गर्नु त्यति उचित नहोला कि ?

संविधान संशोधन नगर्ने अवस्था आएपछि कार्यदल भङ्ग भएको हो ?

मलाई कार्यदल पनि थाहा छैन । कहाँ निर्णय भएको थियो, कसले भङ्ग गर्‍यो, मलाई जानकारी छैन ।

तपाईं सहभागी एमसीसीसँग सम्बन्धित कार्यदलका बारेमा त जानकारी होला नि ?

एमसीसीको कार्यदलबारे जानकारी नहुने कुरै भएन । मलाई जानकारी छ । त्यसमा सक्रियतापूर्वक नै काम गरेको हुँ मैले ।

कार्यदलले प्रतिवेदन बुझाइसकेपछि पनि त्यसमा के छ भन्ने कुरा अझै बाहिर आएको छैन । कस्तो सुझाव छ एमसीसीसम्बन्धी कार्यदलको प्रतिवेदनमा ?

त्यो विषयमा हाम्रो आचार विधि बनेको छ । जबसम्म हाम्रो पार्टीको माथिल्लो तहबाट, सम्बन्धित निकायबाट अब यो सार्वजनिक गर्ने, बोल्ने भन्ने हुँदैन, तबसम्म नबोल्ने आचार विधि भएको हुनाले म अहिलेसम्म बोलेको छैन ।

त्यसकारण उपयुक्त समय आएपछि सबै कुरा आइहाल्छ । त्यो कुनै गोप्य दस्तावेज होइन । त्यो कार्यदलको प्रतिवेदन मात्रै हो । त्यो देश र जनता सबैले प्रत्यक्षरूपमा थाहा पाउनुपर्ने विषय हो । त्यतिबेलै भनुँला, अहिले मैले यसमा टिप्पणी गर्न त्यति उचित नहोला ।

गोप्य दस्तावेज होइन, जनताले थाहा पाउनुपर्ने विषय हो भन्नुहुन्छ । भन्दिनुस् न त के छ प्रतिवेदनमा रु के – के संशोधन गर्न सुझाव दिनुभएको छ सरकारलाई ?

होइन । कहाँ के राखिएको छ, मैले तपाईंलाई समय आएपछि भनिहाल्छु ।

प्रधानमन्त्रीले बिहीबार कांग्रेस नेतालाई समेत बोलाएर छलफल गर्नुभयो । पार्टीभित्रैबाट सरकारलाई असहयोग हुन थालेपछि पार्टी बाहिरका शक्तिहरूसँग पनि तालमेल गर्न खोजेको हो ?

त्यो त उहाँलाई नै सोध्नुभयो भने थाहा होला । अब उहाँले कसलाई बोलाउनुभयो, बोलाएको मान्छेले के भन्नुभयो, त्यो त उहाँहरूलाई सोधेपछि थाहा होला । म न बोलाउनेमा पर्छु, न त बोलाइनेमा पर्छु ।

याे खबर 0nlinekhabar बाट साभार

प्रकाशित मिति: २०२०-०३-०१ , समय : १४:५४:५५ , ४ वर्ष अगाडि