उपलब्धि बचाउन आफै नलागे बलिदानी बाट प्राप्त उपलब्धि खतरामा

Enepal Patra Pvt. Ltd. , ५९७  पटक हेरिएको

डम्बर सिन्चिउरी

पथरी ,१८ फागुन।  ठूलो वलिदानी बाट प्राप्त उपलब्धि बचाउन जनप्रतिनिधि आफै लाग्नु पर्ने नत्र उपलब्धि मात्र हैन जन प्रतिनिधि समेत ईतिहासमा मात्रै सिमित रहने खतरा रहेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभएकाे छ । पथरीशनिश्चरे नगरपालिका को छैटौं नगरसभामा शुक्रवार बोल्दै प्रदेश एक का सामाजिक विकास मन्त्री जीवन घिमिरेले यस्तो खतरा सुझाउनु भएको हो ।

उहाँले हामी संघिय लोकतान्त्रीक गणतन्त्रात्मक शासन प्रणालिको उपभोग गरीरहेका छौं । यो अवस्था त्यति सजिलै प्राप्त भएको छैन । चुनाव मा तिन महिना खटेर भोट माग्दैमा यो उपलव्धि प्राप्त भएको हैन , न कि बाउ बाजे को आशिर्वादले  यो उपलब्धि को लागि हजारौं को वलिदान , लाखौं घाईते , कैयौं वेपत्ता , कैयौं को काख उजाडिएको छ । त्यसैले यो युगिन जिम्मेवारी बा प्राप्त उपलब्धि जस को कारण बाट प्राप्त भएको हो , उसले भोग्न पाए को छ कि छैन ? यो हामी जनप्रतिनिधिले हेक्का राख्नु पर्ने छ । अन्यथा जनताको मुल्याङ्कन बाट जनप्रतिनिधि फेल हुने मा सजग गराउनु भएको छ ।

यसै गरी सो अवसरमा मन्त्री घिमिरेले हिजो सँगै पार्टिमा काम गरेका साथिहरु भन्दा हामी फरक परीवेशमा छौं । हामी आज ठूलो सामाजिक जिम्मेवारीमा छौं । यो जिम्मेवारीलाई  निर्वाहा गर्ने क्रममा आफ्नो अख्तियारी नबुझी दुरुपयोग गर्न पुगेमा सजाएको भागि बन्नु पर्ने छ। त्यसैले आजका जनप्रतिनिधिले पाईला पाईलामा सजगता अपनाउनु पर्ने बताउनु भयो ।  मन्त्री घिमिरेले अहिले देशमा काण्डै काण्ड भै रहेको अवस्थामा “माल पाएर चाल नपाए” झै डाडु पन्यु हातमा छ भन्दैमा अाफ्ना का भाग मुनि घिउको डल्ला र अरुलाई निस्तै पार्न नहुनेमा पनि जोड दिनुभयो । हिजो जनप्रतिनिधि नहुँदा जतिसजिलो थियो , आज जनप्रतिनिधि हुँदा त्यो भन्दा गाह्रो छ । सडकमा विरोध र खवरदारी का नारा जति लगाईयो ,आज ती सबै नारा आफू माथि लाग्छन् कि भनेर चनाखो भैएन भने पनि पार्टी सहित आफ्नो समेत ईज्जत जाने मन्त्रिले बताउनु भयो ।

त्यसै क्रममा मन्त्री घिमिरेले पथरीशनिश्चरे नगरको विषयमा वोल्दै ईतिहासमै नभएको विकासका काम देशै भरी भैरहेको सन्दर्भ जोड्दै हाल नगर सँग भएको ६४ करोड र प्रदेश तथा  संघिय बजेट जोड्दा एकअरब नाघ्ने , उक्त बजेट ईतिहास मै पहिलो पटक प्राप्त भएको छ । यस्तो ऐतिहासिक बजेटलाई पारदर्शिताका साथ समानुपातिक वितरण गर्न सके यश नगरमा पनि ऐतिहासिक बिकास गर्न सकिने बताउनुभयो ।

यसै गरी शनिश्चरे स्थित भुटानीसिविर मा प्रदेशकै ठूलो बहुजातिय सँस्कृतिक ग्राम निर्माण गरिने । पथरीबजार स्थित पञचायत मा वि मा बौद्धिक अपाङ्गाता भएकाहरुका लागि आवासिय विद्यालय निर्माण गर्न सम्झौता भएर काम शुरु भै सकेको , नगर भरिका अपाङ्गहरुको व्यावस्थापन गर्ने जस्ता  योजनारहेको बारे पनि सो अवसरमा जानकारी दिनु भएको थियो । साथै आगामि चैत्र मसान्त भित्र प्रदेश एक लाई सुर्तिजन्य पदार्थ को नियमन र नियन्त्रण युक्त प्रदे घोषणा को तयारी भैरहेको जानकारी सभालाई  गराउनु भएको थियो ।

उक्त छैटौं नगर सभालाई छिमेकि कानेपोखरी  गाउँ पालिका को तर्फबाट अध्यक्ष तारा बहादुर काफ्ले , पुर्व गा वि स अध्यक्षहरु तिलक वान्तावा र मोहन तुम्वाम्फो ले सम्बोधन गरेका थिए । यसै गरी संविधान सभा सदस्य चणडी प्रसाद राई र लाल बहादुर सुस्लिङ्ग मगर ले पनि सभामा शुभकामना मन्तव्य राखेका थिए । यसै गरी विभिन्न पार्टी प्रतिनिधि , प्रदेस सभासदस्यहरु कृष्णकुमारी राई , लिलावल्लभ अधिकारी लगायतका अतिथिहरुले समेत शुभकामना मन्तव्य राखेका थिए । नगर सभामा नगर उपप्रमुख यमुना विष्टले न्यायीक समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिईन। सभामा प्रमुख प्रसाशकिय अधिकृत अम्विका प्रसाद धमलाले नगरको योजना सहितको समष्टिगत पुँजिगत अाम्दानी खर्च प्रस्तुत गरेका थिए ।

दुई दिन सम्म सञ्चालन भएको उक्त सभा को उद्घाटन सत्र नगर प्रमुख दिलिप कुमार राई को अध्यक्षतामा सम्पन्न भएको थियोे । सभाको प्रमुख आतिथ्यता प्रदेश सामाजि विकास मन्त्री जीवन घिमिरे रहनुभएको थियो ।

प्रकाशित मिति: २०२०-०३-०१ , समय : ११:३०:३७ , ४ वर्ष अगाडि