करेन्ट लागेर १ जनाको मृत्यु

Enepal Patra Pvt. Ltd. , ४१२  पटक हेरिएको

मोरङ, १८ फाल्गुन । मोरङको सुन्दरहरैचा नगरपालिका ४ का ४० बर्षीय राजु बि.क.को करेन्ट लागेर मृत्यु भएको छ । शनिवार दिउँसो ४ बजे घर नजिकै रहेको पैनीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफ्नै शरिरमा करेन्ट लाग्दा गम्भिर घाईते भएका बि.क.को उपचारको क्रममा धरान स्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा साँझ ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०३-०१ , समय : १०:४०:५३ , ४ वर्ष अगाडि