यात्रुले छाडेको पाँच लाख फिर्ता

Enepal Patra Pvt. Ltd. , ७५२  पटक हेरिएको

भद्रपुर, ८ माघ । झापाको अर्जुनधारा नगरपालिका–३ बस्ने ३७ वर्षीय कमल ढुङ्गेलले आफ्नो अटो रिक्सामा सवार एक यात्रुले छाडेको रु पाँच लाख नगद प्रहरीमार्फत फिर्ता गरेर इमान्दार नागरिकको उदाहरण बन्नुभएको छ ।

इलामको रोङ गाउँपालिका–२ घर भएका खसी व्यापारी ४२ वर्षीय प्रदीप सुन्दासले अर्जुनधाराबाट बिर्तामोड जाँदै गर्दा आज सो नगद भएको झोला ढुङ्गेलकै अटो रिक्सामै छाडेर हिँड्नु भएको थियो । ढुङ्गेलले इलाका प्रहरी कार्यालय अनारमनीमार्फत सो नगद सुन्दासलाई आज फिर्ता दिनुभएको झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०१९-०१-२२ , समय : १९:१९:३५ , ५ वर्ष अगाडि