काठमाडौंँ,६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका मन्त्री, सांसद तथा नेता, कार्यकर्ताको लेबीमा एकरूपता ल्याएको छ । तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०बीच एकीकरण भएको २१ महिनापछि यस्तो एकरूपता ल्याएको हो ।

अहिले केन्द्रीय कमिटीको बैठकपछि जारी गरेको अन्तरपार्टी निर्देशनअनुसार सङ्घीय संसद्का सदस्यहरूका लागि मासिक लेबी १२ हजार तोकिएको नेकपा कार्यालय सचिव ईश्वर रिजालले जानकारी दिनुभयो । यसअघि तत्कालीन एमालेका सांसदहरूले मासिक १३ हजार र तत्कालीन माओवादी केन्द्रका सांसदहरूले मासिक १२ हजार रुपियाँ लेबी पार्टीलाई बुझाउनुहुन्थ्यो । फागुन १ गतेदेखि लागू हुने गरी नेकपाका हरेक सांसदले मासिक १२ हजार बुझाउनुपर्ने हुन्छ । यद्यपि यो लेबी भिन्दाभिन्दै कोषमा जम्मा हुनेछ । हालसम्म नेकपाको संयुक्त खाता नखुलेका कारण तत्कालीन पार्टीहरूकै कोषमा जम्मा हुने कार्यालय सचिव रिजालले बत९ाउनुभयो । अब चाँडै नै पार्टीको खाता सञ्चालन हुने उहाँले बत९ाउनुभयो ।
पार्टीका सबै नेताको लेबीमा एकरूपता गरिने छ तर सांसदबाहेक अरू कसैको लेबी तोकेको छैन । चाँडै सबैको एकरूपता हुने गरी तोकिने उहाँले बताउनुभयो । साथै पूर्णकालीन केन्द्रीय सदस्य तथा कार्यकर्ताहरूका लागि मासिक रूपमा निर्वाह खर्चको प्रबन्ध गरिने अन्तरपार्टी निर्देशनमा उल्लेख छ । अहिले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको संसदीय दलको कार्यालय पनि छुट्टाछुट्टै छन् । संसदीय दलको कार्यालय अविलम्ब एकीकृत गरिने बताइएको छ । महानगर र कमिटीको मर्यादा जिल्ला कमिटीसरह र उपमहानगर कमिटीको मर्यादा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीसरह हुने विधानको व्यवस्थाको व्याख्या र प्रयोग कसरी गर्ने भनी त्यसको सचिवालयमा छलफल गरी समाधान गरिने बताइएको छ ।
केन्द्रीय कमिटीको बैठकमा महानगर कमिटी र उपमहानगर कमिटीको मर्यादाको विषयमा केन्द्रीय सदस्यहरूले कुरा उठाएका थिए । विधानले निर्धारण गरेको समय सीमाभित्र बैठक आयोजना नभएकोमा नेतृत्वबाट आत्मालोचना गर्दै अगामी दिनमा यस्तो कमजोरी दोहोरिन नदिने र निर्धारित समयमा बैठक आयोजना गर्ने पार्टीले सङ्कल्प गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.