लेटाङको नाममा बनेको गीत ”रुमाल फाटी गो ” भिडियो सहित

Enepal Patra Pvt. Ltd. , ११४५  पटक हेरिएको

काठमान्डौँ ३ फाल्गुन। नेपाली लोक गीत संगीतमा पुर्वेली लोक गीतको आफनो किसिमको विशेषता रहेको छ । पुर्वी नेपालको जनजिविकाको चित्रण गदै गायक बुद्ध खत्री र गायिका रोशनी राना मगरको आवाजमा रहेका ”रुमाल फाटी गो ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

पुर्वै मोरङ , धरान भेडेटार , म त मरेको मान्छे लगायतका दर्जनौ सर्वोकृष्ट गीत हरुमा निर्देशन तथा अभिनय गरेका लेटाङ ९ जाँतेका स्थायी बासिन्दा निर्देशक तथा सञ्चारकर्मी भोला अधिकारीको निर्देशन सार्वजनिक गीतमा रहेको छ । ”रुमाल फाटी गो ” गीतमा ज्ञानेन्द्र कोइरालाको छायाँकन तथा सम्पादन रहेको छ । गीतको भिडियोमा लेटाङलाई केन्द्रमा राखेर बनाईएको छ भने लेटाङकै कलाकारहरु भोला अधिकारी , विनिता , बद्रि , सर्वज्ञान , गुञ्जन , वि एन नेपालको अभिनय तथा नृत्य रहेको छ ।

”रुमाल फाटी गो ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रकाशित मिति: २०२०-०२-१५ , समय : २१:३१:०५ , ४ वर्ष अगाडि