Enepal Patra Pvt. Ltd. , ७८६ पटक हेरिएको
काठमाडौं ,२६ माघ ।सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर नेपाल ट्रस्टको सूचनाबमोजिम १२ दिनभित्र छोड्नुपर्ने भएको छ।
नेपाल ट्रस्टको कार्यालयले यही माघ ३ गते सार्वजनिक रुपमा सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र घरजग्गा सम्पूर्णरुपमा खाली गर्न प्रेरणालाई सूचित गरेको थियो।
सो मिति सकिन अब १२ दिन मात्र बाँकी छ। सार्वजनिक रुपमा सूचना प्रकाशित गरेपछि प्रेरणाले आफूलाई ट्रस्टको कार्यालयले हटाउन खोजेको उल्लेख गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन्। यो समाचार नेपाल समाचारपत्रमा विकास भट्टराईले लेखेका छन्।
प्रकाशित मिति: २०२०-०२-०९ , समय : १३:३६:५७ , ६ वर्ष अगाडि