सुनसरी दुर्घटनाः मृत्यु हुनेको संख्या ५ पुग्यो

Enepal Patra Pvt. Ltd. , १२८७  पटक हेरिएको

सुनसरी,१९ माघ । सुनसरीको रामधुनी नगरपालिका–२ मा हायस र बस एक आपसमा ठोक्किदा ५ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् ।
आइतबार बिहान साँढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र बिपरित दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किदा हायस चालक धादिङ बैरेनीका दीपक खड्का, हायसमा सवार झापा, भद्रपुर–५ की ६८ बर्षीया डोलकुमारी कोइराला, डोलकुमारीका श्रीमान हेमराज कोइराला, झापा चन्द्रगढीकी १८ वर्षीय गरिमा गौतम र गम्भीर घाईते झापा भद्रपुर– ७ का ४५ वर्षीय टङ्कप्रसाद काफ्लेको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परी हायसमा सवार झापा कचनकवलका २५ बर्षीय कृष्ण चौहान, काठमाडौ अनामनगरकी ७ वर्षीया अग्रिता श्रेष्ठ, २८ वर्षीया रमुना श्रेष्ठ, दमक ३ का ३० वर्षीय बमबहादुर बस्नेत, झापा चन्द्रगढीका १२ बर्षीय विनियस काफ्ले, झापा धरमपुरका ३७ वर्षीय होमबहादुर कार्की, मोरङ पथरीका ४९ वर्षीय डिल्लीराम बास्कोटा, झापा भद्रपुरकी ४१ वर्षीय ताराकुमारी राय, ३८ वर्षीय माया काफ्ले, ३५ वर्षीया साबित्रा राई र हायसका सह–चालक सोलुखुम्बुका २३ वर्षीय केदार बस्नेत घाईते भएका छन् । घाईतेहरु मध्ये बस्नेतको एपेक्स हस्पिटल इटहरीमा, कार्कीको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अन्य घाइतेहरुको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।
यसैगरी बसमा सवार रहेका मकवानपुर हेटौडाका ३८ वर्षीय बेदनाथ घिमिरे, मोरङ लेटाङका ३७ बर्षीय खगेन्द्र नेपाल र झापा कमल गाउँपालिकाका २६ वर्षीय राजकुमार शर्मा घाईते भएका छन् ।

प्रकाशित मिति: २०२०-०२-०२ , समय : २१:११:०९ , ४ वर्ष अगाडि