नेविसंघ तदर्थ समितिकाे अध्यक्षमा ढुंगाना

Enepal Patra Pvt. Ltd. , ४५९  पटक हेरिएको

काठमाडौँ, १६ माघ । कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ९नेविसंघ० को अध्यक्षमा राजीव ढुंगानालाई मनोनीत गरेका छन् । कांग्रेस शीर्ष नेताहरुबीच गत शुक्रबार भएको सहमतिअनुरुप देउवाले ढुंगानालाई अध्यक्ष मनोनीत गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयले २०७५ फागुन १ गतेको बैठकको निर्णयअनुसार, नेपाली कांग्रेसको विधान २०१७ ९संशोधन सहित० को धारा ४२ ९१० ९च० बमोजिम सभापति देउवाले नेविसंघ तदर्थ समिति गठन गरेको जनाएको छ । तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गरिसक्ने कार्यादेश देउवाले दिएका छन् ।

त्यस्तै देउवाले तदर्थ समितिको महामन्त्रीमा मनोज वैद्य ९काठमाडौं० र महेश्वरी कुँवर ९पाल्पा० लाई मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

स्रोतका अनुसार कुँवरलाई देउवा पत्नी आरजु राणाको सिफारिसमा महामन्त्रीमा मनोनयन गरिएको हो । वैद्य महामन्त्री बनाउने सर्तमा पूर्वसंस्थापनबाट संस्थापन पुगेका थिए । वैद्य निवर्तमान नेविसंघ काठमाडौं जिल्ला सभापति पनि हुन् ।

समितिलाई १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अधिकार देउवाले दिएका छन् । तदर्थ कार्यसमितिमा रहेकाहरु १२ औं महाधिवेशनमा उम्मेदवार बन्न नपाउने विज्ञप्तिमा उल्लेख छ ।

आगामी महाधिवेशनमा नेविसंघ केन्द्रीय कार्य समिति विघटन भएको मिति ९२०७५ माघ २९ गते० सम्म ३२ वर्ष उमेर ननाघेकाहरु मात्रै उम्मेदवार बन्न पाउने केन्द्रीय कार्यालयले जनाएको छ । १२७ सदस्यीय कार्यसमिति गठन गर्ने र त्यसमा नौ महामन्त्री तथा ६र६ उपाध्यक्ष र सहमहामन्त्री बनाउने सहमति शुक्रबार सभापति देउवा, नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको थियो ।

पदाधिकारीमा समेत भागबन्डा गर्ने सहमति उनीहरुबीच भएको थियो । सहमतिअनुसार नौ महामन्त्रीमध्ये संस्थापन र पौडेल समूहले ३र३, सिटौला समूहले २ तथा उपसभापति विजयकुमार गच्छदारले १ जना सिफारिस गर्नेछन् । बिहीबार मनोनीत भएका दुवैजना संस्थापनबाट हुन् । उपाध्यक्ष र सहमहामन्त्री संस्थापन, पौडेल र सिटौला समूहले २ र २ भागबन्डा गर्ने सहमति बनेको छ ।

११ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले गत माघ २८ गते राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन थियो ।

प्रकाशित मिति: २०२०-०१-३० , समय : १४:५१:०५ , ४ वर्ष अगाडि