सडक दुर्घटनामा एककाे मृत्यु

Enepal Patra Pvt. Ltd. , ६६२  पटक हेरिएको

उर्लावारी ( माेरङ) ११ माघ ।    मोरङको उर्लाबारी स्थित  चिउरा मिल आम्बारी सडक खण्ड अन्तरगत बैसावारीमा  माेटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चालक अरुण तामाङ अाफैले  चलाएको  बाइक अनियन्त्रित भई सडकमा पल्टिँदा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतक तामाङ उर्लाबारी ९ स्थित सेम्बु टोलका  रहेको जानकारी प्राप्त भएको छ । घटनाको कारण इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको जानकारी गराएकाे छ ।

प्रकाशित मिति: २०२०-०१-२५ , समय : २१:५१:४६ , ४ वर्ष अगाडि