सचेतक राईद्वारा सोनाम ल्होसारको शुभकामना

Enepal Patra Pvt. Ltd. , १४९६  पटक हेरिएको

विराटनगर, १० माघ । प्रदेश नं. १ को प्रदेश सभामा नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले तामाङ जातिको नयाँ वर्ष सोनाम ल्होसार ( २८५६ मुसा वर्ष) को अवसरमा देश विदेशमा रहनु भएका समस्त तामाङ दाजुभाइ दिदी बहिनीहरूलाई शुभकामना दिनु भएको छ ।
शुभकामना सन्देश दिनुहुँदै , यो विशेष दिनमा सबै समूदायका दाजुभाइ तथा दिदीबहिनीहरूले सोनाम ल्होसारलाई साझा पर्वका रुपमा मनाउन प्रेरित गर्नु भएको छ । देशमा सयौं जाति छन् । ति सबै जातिका मौलिक पर्वहरू जर्गेना विकासमा राज्यलेृ उत्तिनै महत्व दिनुपर्ने कांग्रेस नेता राईको शुभकामना सन्देशमा उल्लेख छ । सचेतक राईले नयाँ वर्षले नेपाली नेपाली बीच बन्धुत्वको विकास गरी एकले अर्को समूदायलाई सम्मान गर्ने वातावरण सृजना गर्न सकोस भन्नुभएको छ । एक समूदायको नयाँ वर्ष अर्को समूदायले पनि उत्तिकै महत्वका साथ मनाउने नेपाली परम्परा संसार मै उदाहरणीय रहेको उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।
हरेक जात, धर्मले आफ्नो संस्कृति र संस्कार र परम्परा बचाएर राख्न सके मात्र जातीय तथा धार्मिक पहिचान जोगिने राईको सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति: २०२०-०१-२४ , समय : ०५:००:२७ , ४ वर्ष अगाडि